दमकको भूजिया फ्याक्ट्रीमा आगलागी हुँदा दुई घाइते

0
3186

 १४ मंसीर २०७४
दमक/ झापाको दमक वडा नं. ६ मा रहेको भगवती भुजिया फ्याक्ट्रीमा आज मध्यान्ह आगलागी हुँदा दुई जना घाइते भएका छन् । मध्यान्हतिर ८ जना कर्मचारी काम गरिरहेको अवस्थामा भुजिया तयारीका लागि कराईमा तताएको तेलबाट एक्कासी आगो निक्के पछि आगो सल्किएको फ्याक्ट्रिमा कार्यरत सामान्य घाइते भएका महवत ताजपुरियाले बताउनु भयो ।
एक्कासी आगो उठे पछि त्यहाँ कार्यरत महिला कर्मचारीलाई बचाउनेक्रममा ताजपरियाको हातमा आगोले पोलेको छ । त्यस्तै आगोले पोलेर अर्का कर्मचारी आनान्द ताजपुरिया समेत घाइते भएको फ्याक्ट्रीका संचालक टिका थापाले बताउनु भयो । आगलागीबाट फ्याक्ट्रीको संचालन गर्दै आएको काठको घर र भुजिया उत्पादनका सामाग्रीहरु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । आगो दमक नगर पालिकाको बारुणयन्त्रले अपरान्ह ४ बजे नियन्त्रणमा लिईसकेको बताइएको छ ।

See live video

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here