पहिलो चरणको चुनाव मुखैमा, मौनअवधि मध्य रातिदेखि शुरु

0
1015

८ मंसिर, काठमाडौं
आउँदो आइतबार चुनाव हुने पहाडी र हिमाली ३२ जिल्लामा बिहिबार मध्यरातिदेखि मौन अवधि लागु भएको छ । मौन अबधिमा राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता, मतदाता सञ्चारमाध्यम लगायत कुनै व्यक्ति या संस्थाहरुले १२ बजेदेखि चुनाव प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि क्रियाकलाप गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ । आयोगले जारी गरेको विज्ञप्तिअनुसार मौन अवधिमा एसएमएस, फेसबुक, ट्वीटर, भाइवरजस्ता सामाजिक सञ्जालमार्फत पनि भोट माग्न र चुनाबको प्रचारप्रसार गर्न पाइने छैन । मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका चुनाव प्रचारप्रसारका सामग्री समेत हटाउनुपर्ने आयोगले जनाएको छ । मौन अवधि सुरु भएपछि समेत भोट माग्ने आयशले गरिने क्रियाकलापमा गरेमा १ लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी खारेजसम्मको कारबाही हुने ब्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here