भूटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वास बन्द

0
48292

प्रकृया जारी रहेकाहरुलाई मापदण्ड पुरा भए लाने
डिकेश लामा/ २९ कार्तिक २०७४
       बेलडाँगी/ भूटानी शरणार्थीहरुको तेस्रो मुलुक पुनर्वासको नयाँ प्रकृया अव उप्रान्त बन्द गरिएको बताइको छ । झापाको दमकमा रहेको शरणार्थी सम्बन्धी सँयुुक्त राष्ट्र संघीय उच्च निकाय दमक शाखामा आज भएको शरणार्थी र दातृ निकायबीचको छलफलमा सो कुरा बताइएको हो । भूटानी शरणार्थी शिविर वेलडाँगी र पथरीका शिविर व्यवस्थापन समितिका सचिव, सहयाक सचिव, पूर्व सचीवहरु र अन्य जिम्मेवार पदका पदाधिकारी, उच्च निकाय यूनएचसीआर र पुनर्वास सम्बन्धी अमेरिकी सरकार प्रतिनिधिबीच छलफल भएको थियो ।

छलफलमा भूटानी शरणार्थीहरुले तेस्रो मुलुक स्थानान्तरण रोकिए पछि अव के हुन्छ भन्ने प्रश्नमा स्वदेश फिर्ती हालसम्म संभव नदेखिएको र स्थानीयकरणमा जोड दिएको बताएको छलफलमा सहभागी वेलडाँगी शिविरका सचीव टिकाराम रसाईलीले बताउनु भयो । स्वदेश फिर्तीबारे पहल भईरहे पनि तत्काल हुन नसक्ने अवस्था रहेको युनएनएचसीआर पदाधिकारीले बताएका छन् । बाँकी रहेका भूटानी शरणार्थीहरुको विषयमा यूनएनएचसीआरले नेपाल सरकारसँग स्थानीयकरणका विषयमा समेत कुरा गरिएको छलफलमा बताइएको पथरी शिविरका सचीव चम्पा सिंह राईले बताउनु भयो ।
भूटानी शरणार्थीहरुलाई खास गरी तेस्रो मुलुक स्थानान्तरणमा लामो समय देखि कार्य गर्दै आएका अमेरिकी सरकार प्रतिनिधि सहितको टोलीको छलफलमा प्रकृया जारी रहेकालाई भने आवश्यक माप दण्ड पुरा गरी पुनर्वास गराउने बताइएको छ । पूनर्वासका लागि नयाँ फारम भर्न बन्द गरिए पनि पारिवारिक पुनर्मिलनका लागि अमेरिकी सरकारले परिवारको सदस्य मार्फत गरिने भिसाबाट आफ्ना सदस्यहरु भने लान सक्ने बताइको शिविर व्यवस्थापन समितिका सल्लाहकार युवराज साङपाङ्गले बताउनु भयो ।

पछिल्लो समय भूटानी शरणार्थी शिविर वेलडाँगी र पथरीमा गरी करिव ९ हजारको संख्यामा भूटानी शरणार्थीहरु रहेको यूएनएचसीआरले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here