पछिल्लो समयमा अन्य समूदायले पनि मान्न थाले छटीमाई

छट मान्नेहरुको संख्या बढ्यो

0
2964

छट मान्नेहरुको संख्या बढ्यो 
कार्तिक १० गते, २०७४/डिकेश लामा
दमक/विशेष गरी मधेसी समूदायहरुले मान्ने छट पर्व पछिल्लो समय आएर धेरै समूदायले मान्न थालेका छन् । दमक क्षेत्रमा ३५ बर्ष देखि छटको विषेश पूजाआज गर्दै आउनु भएका राधेश्याम भगवतका अनुसार पहिले पहिले दमक नजिक रहेको रतुवा खोलामा पूजा गर्न जाँदा थोरै मधेसी समूदायका परिवारहरु मात्रै खोला भेटिन्थे । तर अहिले आएर पूजा आज गर्ने सवैखाले समूदायका मानिस 

हरुले समेत छटको पूजा आज गर्न थालेको दमक वड नं. ९ का राधेश्याम भगवतले बताउनु भयो ।
खास गरी छट पुजा परिवारको सुख शान्ति र दिघार्युको कामनाका लागि गर्ने गरिन्छ । महाभारतमा द्रोपतिले सूर्यको पूजा गरेर शुरुवात गरेको आधारमा खासगरी हिन्दु समूदायले मान्ने गरेका पाईन्छ । ४ दिनसम्म मान्ने यो चाडले सामूदायिक एकता सँगसँगै परिवारको सुख शान्तिका लागि जोड दिने गरिन्छ । विगत ७ बर्ष देखि नियमित पूजामा संलग्न हुँदै आउनु भएका दमक वडा नं. ८ की सिता अधिकारीले बताउनु भयो ।

कसैलाई दुःख नहोस् भनी शुरुमा रौना माईलाई पूर्खाहरुले पूजा गरेसँगै यो संस्कृतिको विकास भएको हो । रौनामाइलाई छटिमाई पनि भनिन्छ । छटिमाइ भन्नाले वेदमा उसालार्ई जनाउने र उसा सूर्य भगवानको कान्छी श्रीमति भएकोले खास गरी छटमा सूर्यलाई अर्घ दिएर पूजा गर्ने गरिन्छ । दमक ६ की महिला अगुवा पूजा संचालन समितिका सदस्य सुन्दर देवी शाहले बताउनु भयो ।
विभिन्न समूदायले मान्ने बहूधर्म सँस्कृति भएको नेपालमा एकले अर्काको पर्व चाड तथा संस्कार सँस्कृतिलाई सिको मात्र नगरेर अवलम्बन नै गर्न थालिएको छ । यसले सामुदायिक एकता र सद्भाव बढ्ने त निश्चित नै छ यता साँस्कृतिक संरक्षण र विकासमा समेत ठूलो टेवा मिलेको छ ।

see live video story by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here