निर्बाचन सार्ने बाहाना नखोज्न सरकारलाई गठबन्धनको चेतावनी

0
1004

९ कात्तिक, काठमाडौं । बाम गठबन्धनले तय भइसकेको चुनाव कुनै पनि बाहानामा नसार्न सरकारलाई चेतावनी दिएको छ । आफूहरुको आग्रह बिपरित चुनाव सरे संसद् ब्यूताउनेसम्मको चेतावनी बाम गठबन्धनका नेताहरुले दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ बानेश्वरमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा कुनै पनि बाहानामा प्रदेश र प्रतिनिधिसभाको चुनाव नसार्न खबरदारी गरेका छन् । यो वा त्यो बाहानामा चुनाव सार्न सरकार कस्सिएको भन्दै उनिहरुले सर्बोच्चको पछिल्लो आदेशतर्फ इंकित गरे । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘मंसिरमा हुने निर्वाचनलाई कुनै पनि निहुँमा सार्ने, टार्ने वा बिथोल्ने काम-कुरा लोकतान्त्रिक अभ्यासविरुद्ध तथा नेपाल र नेपाली जनताको हित विपरीत हुन जान्छ ।’

एमाले अध्यक्ष ओलीले चुनाव नसर्ने र सार्न नमिल्ने बताए । राजनीतिक दल र निर्वाचन आयोगले संयुक्तरुपमा मतपत्र तय गरेको भन्दै उनले भने, ‘अब ससाना कुरामा अल्झिने समय छैन ।’

मतपत्रबारे एउटा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अन्योलग्रस्त कुरा गरेको तर, पछि बुझेँ भनेको सुनाउँदै उनले भने, ‘निवेदक सत्तारुढ पार्टीकै सहमहामन्त्री नै हुनु र अदालतको मानहानी भएको निवेदनमा मानहानी भयो भएन नसोधेर मागेको भन्दा बढ्दा कुराले अलिकति झस्काएको छ ।’

ओलीले लोकतान्त्रिक प्रणाली चुनाव भएको भन्दै उनले यसलाई विथाल्न खोजे स्वीकार्य नहुने बताए । ‘यो लोकतन्त्र कसैले हामीलाई किस्तामा राखेर दिएको उपहार होइन’ उनले भने ।

पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डले माघ ७ सम्म संसद छ भन्ने हेक्का राख्न आग्रह गरे । उनले भने संसद स्थगित मात्र भएको हो “यदि निर्वाचनको प्रक्रियामा व्यवधान गर्न खोजिन्छ भने संसद् पनि माघ ७ गतेसम्म रहन्छ, सभामुखले पनि संसद्को बैठक अन्त्य होइन स्थगित हो भन्नुभएको छ । आगामी मंसिर १० गते प्रतिनिधीसभा र २१ गते प्रदेशसभा निर्वाचनको मनोनयन दर्ता समेत गरिसकेको अवस्थामा सर्बोच्च अदालतबाट बुधबार प्रतिनिधीसभा र प्रदेशसभा चुनावका अलग अलग मतपत्र छाप्नुपर्ने आशयको आदेश दिएपछी बाम गठबन्धनले चुनाव नगराउने प्रपञ्च सुरु भएको आरोप लगाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here