५ जना चेली हुँदा पनि ९ बर्ष भयो निधार खाली छ

माइती भएर पनि टिका लाउन पाउँदैनन् भूटानी चेलीहरु

0
3743

माइती भएर पनि टिका लाउन पाउँदैनन् भूटानी चेलीहरु

कार्तिक ४ गते, २०७४/डिकेश लामा

Pritika Gurung Pathari Camp

बेलडाँगी/नेपाली भाषी भूटानी समूदायमा तेस्रो मुलुक पूनर्वास प्रकृयाले चेली र माइतीबीच भेटघाट भएर टिका लाउन नपाएको धेरै वटा बर्ष वितिसकेका छन् । भूटानी माईतीको निधार खाली हँुदाको निराशा र चेलीले टिका लाउँन नपाएको पीडा लामो समय देखि भुटानी शरणर्थीहरुले भोग्दै आएका छन् । चेली र माइतीको भेटघाट नभए पछि धेरै भूटानी शरणार्थीहरुको तिहार खल्लो र नरमाइलो बनेको छ ।

Kumar Dhimal Beldangi Camp

 

 

   ५ जना चेली हुँदा पनि ९ बर्ष देखि न दशैं न तिहारमा निधारमा टिका न  परेको भन्दै भूटानी शरणार्थी शिविर क्षेत्रमा लामो समय शिक्षा क्षेत्रमा काम गर्दै आउनु भएका काजी तामाङ्गले नमिठो पीडा पोख्नु भयो । अमेरिकाबाट बहिनी पोहोर मात्रै टिका लाइदिन्छु भनेर हिडेकी थिइन तर उडान ढिलो भएर त्यो पनि संभव नभएको उहाँको नरमाइलो पीडा छ ।
यता भूटानी शरणार्थी शिविर शनिश्चरे पथरी सेक्टर एच/४ हट नम्बर २० कि १८ बर्षीय प्रितिका गुरुङ्गले भने माईती हुँदा पनि टिका लाउन नपाउँदा दुःख लागेको बताउनु हुन्छ । 

Mr. Kaji Tamang (Teacher) Beldangi, Jhapa

त्यसो त कतिपय माइतीहरुको चेलीहरु तेस्रो देशमा छन् । उनीहरुलाई पनि आफ्नो माइती र लामो समय बसेको आफ्नो भूमि नेपाल र जन्म भूमी भूटानको याद त्यतिकै आउँछ । भूटानी शरणार्थी शिविर वेलडाँगी २ सेक्टर आई/४ हट नम्बर ९५ का कुमार धिमालको ४ जना चेलीहरु नै तेस्रो देशमा भएका कारण ३ बर्ष देखि निधार खाली रहेकोमा दुःख लागेको बताउनु हुन्छ । तिहारमा चेली र माइतीको भेट हुनु पर्नेमा धेरै भूटानी शरणार्थीहरु लामो समय देखि अलग्एिर बस्न बाध्य भएका छन् । भूटानी शरणार्थी शिविर पथरी शनिश्चरेका लक्ष्मण राईले नरमाइलो तिहार भएको पीडा पोख्नु भयो ।

 

Laxman Rai Sampang Pathari Camp

          यसरी कोही नेपाल कोही तेस्रो देश त कोही भूटानमा रहेर भेट हुन गाह्रो अवस्थामा कतिञ्जेल बस्नु पर्ने हो नेपाली भाषी भूटानी शरणार्थीहरुले ? भूटानी शरणार्थीहरु हरेक दिन आफन्तजनसँगको पूनर्मिलनको क्षणको प्रतिक्षामा बसिरहेका छन् । यो पीडाजनक अवस्थाको अन्त्यका लागि सरोकारवाला निकाय र नेपाल सरकारले गम्भीर रुपमा सोच्नु पर्ने देखिन्छ । 

See video story by Dikesh lama

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here