कहीँ र कहिल्यै पनि भुल्दैनन् कला सँस्कृतिलाई भूटानी कलाकारले

प्रतिभाको लागि छाप्रा पनि काफी हुन्छ

0
6723

प्रतिभाको लागि छाप्रा पनि काफी हुन्छ
कार्तिक ३ गते, २०७४/डिकेश लामा
बेलडाँगी/बाँसको भाटाले बनाएको छाप्राको प्लाष्टिकको छाना ठाऊँ ठाऊँमा प्वाल परेर घामको किरण भित्र प्रवेश गरेको अवस्था छ । छाप्रा भित्र गीत तथा संगीत उत्पादनमा प्रयोग हुने तवला, गिटार ड्रम सेट, किर्वोड, मादल देखि लिएर अन्य धेरै सामान छन् । बाहिरबाट हेर्दा यस्तो छाप्रा भित्र पनि गीत संगीत उत्पादनमा प्रयोग हुने हजारौं मुल्यबराबरको सामान होला र भन्नछन् धेरैले । तर भूटानी शरणार्थी शिविर भित्र भत्कन लागेको छाप्रा भित्र लाखौं मानिसको मनमुटुमा छुने गीत संगीत उत्पादन कार्यलाई प्राथमिकता औपचारिकरुपबाट साथ शुरु गरिएको छ । प्रतिभा र कलाका लागि कुनै विशेष स्थान र महलको आवश्यक पर्दैन । पर्छ भन्ने सोच यदि कसैमा छ भने त्यो झुटो सावित हुन्छ । मेहनत गर्नेलाई जहाँ जस्तो स्थानमा पनि प्रतिभाले साथ दिईरहेको हुन्छ र त्यो मौलाउने अवसर पाईरहेको हुन्छ भन्ने भूटानी शंक व्याण्डका कलाकारहरुले प्रष्ट पारेका छन् ।
  भूटानी शरणार्थी शिविर वेलडाँगी क्षेत्रका नेपाली भाषी भूटानी कलाकारहरुले यस कुरालाई सार्थक बनाएका छन् । गत अशोज २४ गते अर्थात अक्टोवर १० तारिखका दिन विश्व मानसिक स्वास्थ्य दिवशको अवसर पारेर उद्घाटन गरिएको शंक व्याण्डले सवै मानिसका लागि संगीत औषधीेको कडी हो भन्ने सोच ल्याएको छ । शंक भन्नाले संगीत, संरक्षण र समाज कल्याण भएको आयोजकका सदस्य बाद्यवाधक गोपी लुङ्गेलीले बताउनु भयो । व्याण्डले अरुको गीतसँगसँगै आफ्ना सृजनालाई समेत विशेष जोड दिने गरेको छ ।
व्याण्डका अध्यक्ष तथा भूटानी साँगीतिक क्षेत्रमा २ वटा धार्मिक एल्वम समेत निकालिसक्नु भएका सामाजिक अगुवा सुमन दुङ्माली राई संगीतबाट समाजको सकरात्मक परिवर्तन खोज्नु हुन्छ ।
यस्तै समाज परिवर्तन संगीतबाट खोज्दा थप समाजमा सकरात्मक प्रभाव पर्ने भएकोले यो व्याण्ड भूटानी कलाकारको घट्दै र ओझेलमा परेका कलाकारलाई एकिकृत गर्न व्याण्डको स्थापना गरिएको व्याण्डका संस्थापक सदस्य लुङ्गेलीले बताउनु भयो ।
  व्याण्डमा गायनमा बुद्ध साङ्पाङ्ग राई, योगेश लुङ्गेली, राकेश गजमेर, सन्तोष रसाइली बाध्यवाधन तर्फ रुमिहाङ्ग सुङ्देन, दिवश थेम्जन, रोशन वाइवा, दिवश मोक्तान लगायतले विशेष भूमिका निर्वाह गर्दै आएको व्याण्डका सचीव कृष्ण लिङदेनले बताउनु भयो । व्याण्डले यस पटक तिहार विशेष कार्यक्रम समेत संचालन गर्ने भएको छ । गीत संगीत मार्फत समाज परिवर्तन र कल्याण सोच्ने शंक व्याण्डलाई सवैले सहयोग गर्नु पर्ने भूटानी बुद्धिजीविहरु बताउनु हुन्छ । गीत संगीत मार्फत समाज परिवर्तनमा लागेका भूटानी कलाकारलाई सवैले सहयोग गर्नु पर्ने भूटानी अगुवाहरु बताउनु हुन्छ ।

 

 

See video story by Dikesh lama

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here