पेनसीलभेनिया स्क्रेनटन सिटीमा तीन दिने दुर्गा पुजाकाे अायाेजना

0
2134
globalpostinfo.us
पशुपतिनाथ दर्शनका लागि लाइनमा बसेका ब्रतालु

अाश्विन शुल्क दशैकाे अाठाै दिन महाअष्टमीकाे दिनमा अमेरिकाकाे पेनसीलभेनिया स्क्रेनटन सिटीमा भूट्निस कल्चरल फाउन्डेसन एसाेसेस्न अफ स्क्रेनटनद्वारा तीन दिने दुर्गा पुजाकाे अायाेजना भएकाे छ । पंडित लक्ष्मी प्रसाद अधिकारी ज्यूबाट बिहान १० बजे देखि पुजा आर्जन सुरु भएसंगै साझमा भने कृतन भजन हुने कुरा भूट्निस कल्चरल फाउन्डेसन एसाेसेस्न अफ स्क्रेनटन अध्यक्ष चन्द्र सिटाैला ज्यूबाट जानकारी प्राप्त भएको छ |

साथै उक्त अनुष्ठान मार्फत भूट्निस कल्चरल फाउन्डेसन एसाेसेस्न अफ स्क्रेनटनद्वारा महान पर्व विजय दशमी २०७४ को पावन अवसरमा देश बिदेशमा छरिएर बस्नु हुने सम्पुर्णमा नेपाली भाषी भूटानी शरणार्थी बासीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गरिएको छ |

अन्य राज्यमा पनि पुनर्वास भूटानीहरुबाट दसैँ सम्बन्धि पूजा आराधना भइरहेको जानकारी प्राप्त भएको छ | हामी जहाँ रहे पनि हाम्रो पहिचानको लागि हाम्रो भाषा संस्कृतिलाई सधै पालना गर्नु पर्छ भन्ने यो महान उदाहरण हो |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here