मधुमल्लालाई हराउँदै आयोजक विजयी

ट्राइव्रेकरमा ३ को विरुद्ध ४ गोल 

0
1558

असोज ११, २०७४
बेलडाँगी/ दशैंको अवसर पारेर दुम्से युवा एकता संघको आयोजनामा भईरहेको आजको फाईनल खेलको अन्तिम नतिजा आयोजक टीमको पोल्टामा परेको छ । खेलको निर्धारित समयमा दुवै टीमबाट १/१ गोल भए पछि ट्राईव्रेकरमा ३ गोलको विरुद्ध ४ गोल गर्दै आयोजकले विजय हात पारेको हो । खेलमा पहिलो गोल मधुमल्ला जर्सी नम्बर १६ का अनिल खड्गीले गर्नु भएको थियो भने यता आयोजक तर्फबाट जर्सी नम्बर ७ का प्रविण राईले १ गोल गर्नु भएको थियो । हाफ अघि १/१ गोल भए पछि अति प्रतिस्पर्धात्मक रुपमा भएको खेलमा मध्यान्तर पछि कुनै पनि टीमबाट गोल हुन नसके पछि खेल ट्राईव्रेकरमा पुगेको थियो । खेलमा जर्सी नम्बर ९ का तेज लिम्बुले ट्राइव्रेकरमा हानेको अन्तिम गोलले आयोजकलाई विजय हात पार्न सफल बनाएको थियो ।


खेलमा पहिलो र दोस्रो हुने टिमलाई कार्याक्रमका प्रमुख अतिथि दमक नगर पालिकाका खेल संयोजक तथा दमक वडा नं. ५ का वडा अध्यक्ष ईन्द्र गुरुङले मेडल, नगद २५ हजार र १५ हजार तथा ट्रफी प्रदान गर्नुभयो । विजेता तथा उपविजेता टीमलाई कार्यक्रमका विशिष्ट अतिथि दमक वडा नम्बर ३ का अध्यक्ष नविन वरालले अविर र प्रमाण प्रत्र प्रदान गरेको आयोजक समितिका कोषाध्यक्ष राज लिम्बुले बताउनु भयो । संघको अध्यक्ष सुरेन्द्र लिम्बुको अध्यक्षतामा भएको औपचारिक समापन कार्याक्रममा स्थानीय ओम शान्ति टोलका अध्यक्ष मानबहादुर लिम्बुले शुभकामना मन्तव्य दिनुु भयो । सो कार्याक्रममा २०६४ सालमा माओवादी र प्रहरीको झडपमा गोली लागेर मृत्यु भएकी स्थानीय रेनुका राईको स्मृतिमा ६ जना बृद्धबृद्धालाई जनही १÷१ हजार नगद र खादा ओडाएर सम्मान गरियो । कार्याक्रममा संचारकर्मी डिकेश लामालाई मृतक राईको श्रीमान् गजेन्द्र राईले सम्मान समेत गर्नु भएको थियो । ११ दिन अघि देखि भएको सो खेलमा झापा, मोरङ्ग र इलामका १२ वटा टीमको सहभागिता रहेको थियो । खेल संचालनमा विशेष सहयोग गर्ने नविन बराल, कपिल पाण्डे,रमेश भट्टराई, दिलिप शेर्मा, गजेन्द्र राई, रेफ्री सुवर्ण सिंह ठकुरी, सहायक रेफ्री डिल्लि कार्की, सचिन लिम्बुलाई सम्मान समेत गरिएको आयोजक समिति सचीव जिवन तामाङले बताउनु भयो । खेलमा मधुमल्लाका खेलाडी अनिल खड्गी हाईस्कोरर, सुरेन्द्र थापा म्यान अफ दि म्याच घोषित हुनु भएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here