विश्वको अनौठो आश्चर्य : शरीरको चौडाइ मात्र ५ फिट

५ सय केजी तौलकी एमान अहमदको मृत्यु

0
2583

    एउटा सामान्य मानिसको तौल कति हुन्छ ? भनेर तपाईलाई कसैले सोध्यो भने तपाईको सहज उत्तर ६० देखि ९० केजी सम्म हुन्छ भन्ने तपाईको उत्तर आउन सक्छ । तर विश्व यस्ता पनि मानिस हुन्छन् जसको तौल सोचेको भन्दा धेरै गुणा बढी हुन्छ । तर इजिप्ट नागरिक एक महिलाको तौल ५०० केजि थियो भन्दा आश्चार्य हुन सक्छ । हिजो मात्र उनको मृत्यु भएको छ । विश्वमा ५ सय किलो वजन भएकी एमान अहमद नामकी महिलाको अबुधाबीस्थित बुर्जिल अस्पतालमा सोमबार निधन भएको विभिन्न संचार माध्यमहरुले जानकारी दिएको छ । २० जना डाक्टरहरुको समूहले उनको उपचार गरिरहेका थिए । इजिप्टकी नागरिक एमान आफ्नो तौल घटाउने शल्यक्रिया गराउन भन्दै केही महिनाअघि भारत समेत आएकी थिइन् । उनको मुम्बइस्थित सेफी अस्पतालमा शल्यक्रिया समेत भएको थियो ।
मुटुरोग तथा मृगौलाको संक्रमणका कारण उनको मृत्यु भएको अस्पतालले स्रोतले जानकारी दिएको छ ।
भारतीय डाक्टरहरुले उनको शल्यक्रिया सफल भएको र ५ सय किलोको वजन घटेर अढाइ सय किलो भएको दाबी गरेका थिए । तर एमानकी बहिनी साइमा एमानले भने भारतीय डाक्टरहरुले झुटो बोलेको आरोप लगाएकी थिइन् । उपचारको लागि उनलाई भारतपछि उनलाई युएइको अबुधाबीमा लगिएको थियो । उनको उपचारमा संलग्न डक्टरहरुले यस्तो भयाङ्कर तौल भएको मानिस पहिलो पटक देखेको र कसरी यस्तो भयो भन्ने कुरा खोजको विषय बनेको बताएका छन् ।

Source: BBC and Different news Agency (Collected by Dikesh lama)

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here