बैंकबाट नै रकम ठगी गर्ने प्रयास

तर प्रयास सफल भएन

0
1929

डिकेश लामा
असोज ९ गते, २०७४
दमक/ बैंकबाट पैसाको कारोवार गर्दै हुनु हुन्छ ? सचेत रहनु होला । यदि गर्दै हुनु हुन्छ भनेर भिडभाड भयो घरमै लगेर गन्छु भनेर त्यतिकै नहिड्नु होला । दशैंको बेला भिडभाडमा तपाईले लिनु पर्ने सवै पैसा तपाईको हातमा नआउन सक्छ । हिजै मात्र ११ हजार कमि रकमको पीडा भोगेका एक उपभोक्ताले सवै सचेत हुनु पर्ने बताउनु भएको छ । बैंकले नै ठगी गरेको भनी उहाँले त अझ आरोप लगाउनु भएको छ । शिव सतासी वडा नं. १ धमरमपुरका टंक तामाङले दमकमा रहेको बाणिज्य बैंकले आफूलाई ठगी गर्ने प्रयास गरेको बताउनु भएको छ । तामाङले हिजो मात्र बंैकबाट ४ लाख ५० हजार बंैकको विश्वासमा लिएर गएको तर घरमा पुगेर गन्दा ११ हजार कमि भएको बताउनु भयो ।
यस विषयमा बाणिज्य बैंकका शाखा प्रमुख भोला पौडेलले भने दशैंको भिडभाडले गर्दा यस्तो भएको बताउनु भयो । उहाँका अनुसार नियतबश बैंकका कर्मचारीले ठग्ने उद्देश्य नलिएको र पैसा गनेर दिनु पर्नेमा नगनेको वा चलाएको विटाबाट पर्न सकेको बताउनु भयो । तर उपभोक्ता तामाङले भने बैंकका कर्मचारीले भिडभाडको मौका पारेर ठग्ने प्रयास गरेको आरोप लगाउनु भएको छ । उहाँले बैंकमा उजुरी गरे पछि कमि भएको नगद ११ हजार आज प्राप्त गर्नु भएको बताउनु भयो । तामाङ भन्नु हुन्छ सोझा सिदा मान्छे हुनु हो भने निश्चित रुपमा ठगिएको हो । मैंले पनि धेरै दुःख गरेर कमि भएको रकम असुल गरे । हुन सक्छ यस्ता घटनाहरु सुनियोजित पनि हुन सक्छ र झुक्किएर पनि भएको हुन सक्छ तर यसका लागि उपभोक्ता नै स्वयम् सचेत रहनु पर्ने देखिन्छ ।

see live video

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here