ओविसिएको सातौं सम्मेलन सम्पन्न: छाता सङ्गठनको अवधारणालाई मूर्तता दिने निस्कर्ष

0
1356
नर्थ देकोडा “साइनिंग स्टार” बिजेता भकुण्डो टोली

साउन १६, २०७४ जर्जीयाका दिलिप दाहालको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिती गठन गर्दै पुनर्वास भुटानीहरुको अमेरिकास्थित छाता संगठन ओविसिएको सातौं सम्मेलन ३० जुलाई अपह्रान्ह सकिएको छ ।
कार्यकाल शुरुवाती मन्तव्य दिँदै ३७ बर्षे ब्यवसायी छविका युवा भुटानी दाहालले भने, “अमेरिकामा रहेको पुनर्वास भुटानी समुदायलाई बलियो बनाउनु मेरो उच्च प्राथमिकता हुनेछ ।” दाहालले भुटानी समाजको विकासको लागि सामाजिक सशक्तिकरणका साथै कला, साहित्यको उत्थानमा बिशेष पाइला चालिने बताए ।
नेव्रास्का राज्यको ओमाह शहरमा सम्पन्न तिनदिने सम्मेलनको अन्तिम सत्रमा दुईबर्षे कार्यकालमा उपाध्यक्षको रुपमा कार्यरत सहकर्मीलाई नेतृत्व हस्तान्तरण गर्न पाएकोमा खुसी ब्यक्त गर्दै निवर्तमान अध्यक्ष डिबी राईले भने, “टिम भित्रैबाट नेतृत्व निर्माण हुनु सुखद कुरा हो ।” राईले पुनर्वास भुटानी समुदायको उन्नत एकताको अभ्यास गरिरहेको बताए । उनको दुईबर्षे कार्यकालमा ओविसिएले राष्ट्रसंघिय शरणार्थी आयोग, कुटनीतिक निकाय र सहयोगी संस्थाहरुविच समन्वयकारी भुमिकासाथ स्थापित गरिएको देखिन्छ । राईले अमेरिकाका ४२ राज्यमा भुटानी पुनर्वास भएको र आफ्नो सामुदायलाई एकाकार गर्दै अघि बढाएको बताए । यस मानेमा हाल सम्मैको सफल अध्यक्षको रुपमा मानिएको छ |

गायक किरण गजमेर आफ्नो प्रतुती प्रस्तुत गर्दै

सो अवसरमा बिशेष मन्तव्य दिँदै नेव्रास्का राज्यको अफिस अफ रिफ्युजी रिप्रजेन्टेटिभ (ओआरआर) का अधिकृत करेन पर्डेले पुनर्वास भुटानी समुदाय चाँडो घुलमिल हुँदै स्थापित भएकोमा खुसी ब्यक्त गरिन् । शरणार्थी मामिलाका जानकार नेपाली पत्रकार गोपाल गडतौलाले पुनर्वास भुटानी समुदायले शिबिरमा रहेका भुटानीलाई सहयोग गर्दै आफ्नो मातृभाषा, कला, साहित्य र सिपलाई जिवन्त राख्नुपर्नेमा जोड दिए । उनले शरणार्थी शिरिबको अवस्था समेटिएको श्रव्यदृष्य सामग्री समेत प्रस्तुत गरेका थिए ।

निवर्तमान अध्यक्ष डिबी राईले भने, “टिम भित्रैबाट नेतृत्व निर्माण हुनु सुखद कुरा हो ।” राईले पुनर्वास भुटानी समुदायको उन्नत एकताको अभ्यास गरिरहेको बताए । उनको दुईबर्षे कार्यकालमा ओविसिएले राष्ट्रसंघिय शरणार्थी आयोग, कुटनीतिक निकाय र सहयोगी संस्थाहरुविच समन्वयकारी भुमिकासाथ स्थापित गरिएको देखिन्छ । राईले अमेरिकाका ४२ राज्यमा भुटानी पुनर्वास भएको र आफ्नो सामुदायलाई एकाकार गर्दै अघि बढाएको बताए । यस मानेमा हाल सम्मैको सफल अध्यक्षको रुपमा मानिएको छ |


सो अवसरमा पत्रकार गडतौला, ओआरआरका अधिकृत करेन पार्डे, ह्याविटाट फर ह्युमेनीटीका नेव्रास्का अधिकारी डेविड किज, अमेरिकी प्रमाणीत पुनर्वास भुटानी रेफ्री जितु बस्नेत, ओविसिएका संस्थापकहरु डिजे खालिङ, डिएस घले लगायतलाई सम्मानित पनि गरियो ।
भुटानी समुदाय नेव्रास्काका प्रमुख भिम गुरुङले धन्यवाद ज्ञापन गरेका थिए । सो कार्यसमितीको उपाध्यक्षमा म्यासाचुसेट्सका आइत राई, सचिबमा कोलोराडोका जिदन राई र कोषध्यक्षमा कनेक्टिकटका पदम भारती चयन भएका छन् । यसैगरि प्रचारप्रसार सचिबमा भर्जिनियाका कृष्ण सापकोटा,  साथै निर्देशक बोर्डमा निवर्तमान अध्यक्ष डिबी राई, विएम खालिङ, कर्ण गुरुङ र एनबी गुरुङ चयन भएका छन् । यसैगरि कोलोराडोबाट भिम राई, आयवाबाट निशा मावो, ओहायोबाट विला आङदेम्बे, भजिर्नियाबाट सुजित मगर, केन्सासबाट राम राई र नेव्रास्काबाट भिम गुरुङलाई पनि ओविसिए राज्य प्रतिनिधिमा मनोनित गरिएको छ ।

सम्मेलनले पुर्वी नेपालका शरणार्थी शिबिरमा रहेका दर्ता नभएका र सहायताबाट बञ्चित भुटानीहरुको बारेमा गहिरो सरोकार राख्दै सहायताको लागि उपाय अपनाउने निधो समेत गरेको छ ।
सो अवसरमा भुटानी कलाकारहरुले नाचगान गर्नका साथै अन्तर राज्य महिला फुटवल प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कृत समेत गरिएको थियो । सातवटा टिम स्पर्धी फुटवल प्रतियोगिताको ३० जुलाईमा सम्पन्न फाइनल खेलमा मिनिसोटालाई ४ का विरुद्ध ३ गोलको अन्तरले हराँउदै नर्थ डाकोडाको साइनिङ स्टार टिम विजयी भएको थियो ।
सन् २००८देखि संयुक्त राष्ट्र संघिय शरणार्थी सम्बन्धी उच्च आयोगले मानविय सहायता स्वरुप भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वास शुरु गरेको थियो । हाल सम्ममा झापा र मोरङका शिबिरबाट एकलाख ९ हजार

पहिलो उपविजेता मिनेस्सोटा भकुण्डो टोली

८ सय ४१ जना भुटानी पुनर्वासमा आठ पश्चिमी देश गइसकेका छन् । ति मध्ये सर्वाधिक ९३ हजार ३सय १९ जना अमेरिका लगिएका छन् । यसैगरि क्यानाडामा ६ हजार ८ सय २१ जना, अष्टेलियामा ६ हजार ४ सय ९३ जना, न्युजिल्याण्डमा एकहजार ७६ जना, डेनमार्कमा ८ सय ७५ जना, नर्वेमा ५ सय ७० जना, बेलायतमा ३ सय ५८ जना र नेदरल्याण्डमा ३ सय २९ जना भुटानी पुनर्वास भएका छन् । यतिका शरणार्थी पश्चिमी देशमा पुनर्वास भएपछि अव झापा र मोरङका दुईवटा शिबिरमा ९ हजार ५ सय २२ जना रहेका छन् ।
(नोट: विशेष परिस्थिति र विशेष आग्रहलाई मध्यनजर गर्दै हामीले कार्यसमितीका एक सदस्यको नाम यहाँ उल्लेख नगरेको व्यहोरा जानकारी गराउदा छौं | प्र.स)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here