टेक्सासको फोर्ट वोर्थ शहरमा २५५८ औ बुद्ध जयन्ती

0
863
2558th Buddha Jayanti celebration in Fort Worth TX organized by Universal Manav Dharam Texas.
2558th Buddha Jayanti celebration in Fort Worth TX organized by Universal Manav Dharam Texas.

फोर्ट वोर्थ संवदाता,

गत मे १८, २०१४; आईतबारका दिन टेक्सासको फोर्ट वोर्थ शहरमा २५५८औ बुद्ध जयन्ती पहिलो पल्ट भुटानी नेपाली समाज बिच युनिभर्सल मानव धर्म टेक्सस्द्वारा भब्यताको साथ सम्पन्न भएकोछ। उक्त कार्यक्रममा टेक्सस्को विभिन्न स्थानबाट अथितिहरु, अथितीकलाकारहरु, भजनमन्डलिहरु, र भक्तजनहरुको उत्सहाजनक सहभागिता रहेको थियो।

सन २०१०मा स्थापना भई अमेरिकाको टेक्सस राज्यमा मानव धर्मा र आध्यत्मिक्तालाई विकास र सम्वर्धन गर्दै आएको युनिभर्सल मानव धर्म टेक्सस्को आयोजनमा भएको उक्त कार्यक्रमको सभापतित्व संघको प्रमुख सल्लाहकार पण्डित श्री अर्जुन शंकर रहनु भएको थियो। कार्यक्रमको प्रमुख अथितीको रुपमा भुटानी नेपाली पहिलो तथा लोक प्रिय गायक अनि अग्रज समाज सेवी प्रताब सुब्बा हुनु हुन्थियो।

आयोजकको तर्फबाट युनिभर्सल मानव धर्म टेक्सस्का उपाध्यक्ष मदन सिन्चुरीले अनौपचारिक रुपमा कार्यक्रम सुरुवात गरी औपचारिक सन्चालनको निम्ती कार्यक्रम संचालक श्री ओम शंकरलाई उद्घोसण कार्य हस्तान्त्रण गर्नु भएको थियो। ब्रेन्डहूड फोर्ट वोर्थबाट आउनु भएको प्रेमी श्री राजन मगर सहयोगी कार्यक्रम संचालकको भुमिमा प्रस्तुत हुनु भएको थियो। कार्यक्रमलाई औपचरिक्ता दिना युनिभर्सल मानव धर्म टेक्सस्का सल्लाहकार श्री बि. बि. सिन्चुरीले युनिभर्सल मानव धर्म टेक्सस्को परिचय सहित स्वागत मन्तव्य राख्नु भएको थियो।  कार्यक्रममा प्रस्तुत गरिएका आध्यात्मिक भजनहरुले माहोल अत्यन्त भक्तिमय भएको थियो ।

नन्दु दुधराजको संयोजनमा आयोजना भएको उक्तकार्यक्रममा विविन्न क्षेत्रबाट अथितीहरुको उपस्थिती रहेको थियो।  उपस्थित विशेष अथितीहरुमा –  नेपाल-अमेरिका पत्रकार संघका छेत्रीय उपाध्यक्ष तथा नमस्ते यु. एस. का प्रमुख संपादक श्री बिकाश राज न्यौपाने,  भुटनिस लेगेसी युवा क्लबका उपाध्यक्ष श्री ए. के. राना साम्पाङ,  नेपाल अमेरिका वेलफ्यर एसोसिएसनका राष्टृय अध्यक्ष श्री शेश राज खतिवडा,  युलेस शहरबाट अग्रजव्य क्तित्व श्री जनक प्रेमी,  नेपाल फेस्टिवल – २०१४का कार्यक्रम संयोजक श्री अग्नी सन्जेल,  फोर्ट वोर्थ प्रहरी अफ्फिसर डिऋक,  नेपाली समाजबाट फोर्ट वोर्थ वासी कृष्ण भन्डरी,  भुटनिस लेगेसी युवा क्लबका कार्यक्रम संयोजक मनिश चाम्लिङ,  युवा पत्रकार प्रविन धकाल, युवा नेतृत्व भिम दाहाल, र गणेश गज्मेर लगायत अन्य धेरै अथितीहरुको उपस्थिती थियो।

कार्यक्रममा गौतम बुद्ध र आध्यत्मिक्ताको बारेमा बोल्दै युवा नेतृत्व भिम दाहालले वैज्ञानिक पुष्टीहरु प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा बोल्ने क्रममा नेपाल-अमेरिका पत्रकार संघका छेत्रीय उपाध्यक्ष बिकाश राज न्यौपाने, नेपाल अमेरिका वेलफ्यर एसोसिएसनका राष्टृय अध्यक्ष शेश राज खतिवडा लगयातले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो।पन्डित श्री अर्जुन शंकरको मुखार्बृन्दबाट भक्तिमय आध्यत्मिक प्रवचन सुन्न भक्तजनहरु लालयित देखिन्थे भने भजन टोलीको सुमधुर प्रेममय भजनहरुमा धेरै भक्तजनहरु रमाई रहेका थिए।

आयोजक समितीको अध्यक्ष श्री राजन गज्मेरको मुख्य संयोजन रहेको उक्त कार्यक्रममा भक्ती भाजन, गित संगित, कविता वाचन, र नृत्यहरु प्रस्तुत गरिएका थिए। कार्यक्रमको अर्को विषेस आकर्शण भने भजन आइडोल तथा युवा गायक टेक दुधराजको सुमधुर भजन प्रस्तुती थियो।  सुश्री जानुका शंकर, श्री गणेश गज्मेर, गोविन्द  घिमिरे, सुदीप गुरुङ्, शन्त शाह लगायत अन्य धेरैले आफ्नो भक्तिमय भजनहरु प्रस्तुत गरेका थिए। कार्यक्रमको प्रसार प्रचारमा रोशन सिन्चुरी र प्रकाश दुधराज खटिएका थिए भने कार्यक्रमको लागि कोषाध्यक्ष श्री ओम विश्वा हुनु हुन्थियो। फोर्ट वोर्थ बासी भुटानी नेपालीहरुले २५५८ औँ बुद्ध जयन्ती बडो भव्यताको साथ मनाए भन्दा अतियुक्ती नहोला।  आयोजक कार्यक्रम सफल भएकोमा सन्तुस्ट रहेको जान्कारी आयोजकका प्रतीनिदी मदन सिन्चुरीले संचार माध्यमलाई जनाउनु भयो।

2558th Buddha Jayanti celebration in Fort Worth TX, organized by Universal Manav Dharam Texas. Photo by Bikash Raj Neupane, NamasteUS.com
2558th Buddha Jayanti celebration in Fort Worth TX, organized by Universal Manav Dharam Texas. Photo by Bikash Raj Neupane, NamasteUS.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here