“देश खोज्दै जाँदा” : हैरिसबर्गमा देशप्रेमको कवितामय साँझ

0
153

मन देखि मनसम्म कार्यक्रम समुदायका कवि/श्रष्टाहरूले विश्व भूटानी साहित्यिक संगठन(GBLO)सँग सहकार्य गर्दै संचालनमा आएको एउटा साहित्यिक/काब्यिक प्रश्तुतिकरणको श्रृंखला हो। हिजो शनिबार हैरिसबर्गमा देशप्रेम विशेष साहित्यिक कार्यक्रम एटलान्टिक फाईनान्स् सर्भिस् को सभाहलमा आयोजना गरिएको थियो।

“देश खोज्दै जाँदा” भन्ने भावनात्मक परिदृश्यमा आधारित उक्त कार्यक्रममा १९ जना श्रष्टाहरूले आफ्ना गहकिला र चोटिला देशप्रेम कविताहरू प्रस्तुत गरेका थिए। कविताहरूमा मातृभूमिप्रतिको माया, विस्थापनको पीडा, पहिचानको खोजी र राष्ट्रिय आत्मसम्मानका स्वरहरू स्पष्ट सुनिन्थे।

कार्यक्रम बेलुका ७ बजेदेखि ९ बजेसम्म चलेको थियो। सहभागी कविहरूको बेजोड प्रस्तुतिले सभाहल देशप्रेमको भावनाले गुन्जायमान बनेको थियो। कार्यक्रममा मनदेखि मनसम्म “देश खोज्दै जाँदा”सरगम थपलिया,इन्दिरा प्याकुरेल,पर्शु अधिकारी,बि पी सुबेदी,लक्ष्मी दुलाल,डि बी सारू,आभाष रिखाम,निशा पान्डे,गोबिन्द अधिकारी,देविका बराल,त्रिविक्रम न्यौपाने,टिका ढुंगाना,बसुधा रिजाल,भगीरथ फूयाल,गोबिन्द हुमगाँई,मदन दुलाल,शेखर कोईराला,पातलो अन्तरे र भरत तिम्सीना लगायत कविहरूको उपस्थिति रहेको थियो।

https://www.facebook.com/share/v/1CNqMd6qZL/?mibextid=wwXIfr

उक्त अवसरमा साहित्यकार पातलो अन्तरेले भन्नुभयो, “कविता पढ्ने र सुन्ने मात्र नभएर कविता प्रदर्शन र मनन गरिन्छ।” उहाँका अनुसार यस्ता कार्यक्रमले कवितालाई केवल शब्दमा सीमित नराखी भावना र अनुभूतिसँग जोड्ने काम गर्छन्।

उक्त कार्यक्रम GBLO को फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो, जसले हैरिसबर्ग बाहिर रहेका दर्शकहरूलाई पनि कार्यक्रममा जोड्ने अवसर प्रदान गर्‍यो।

आयोजक संस्थाले यस्ता साहित्यिक कार्यक्रममार्फत समुदायमा भाषा, साहित्य र देशप्रेमको भावना जगेर्ना गर्ने उद्देश्य रहेको जनाएको छ। हैरिसबर्गमा सम्पन्न यो कार्यक्रम नेपाली समुदायका लागि प्रेरणादायी र स्मरणीय बनेको छ।

“मन देखि मनसम्म कार्यक्रम समुदायका कवि/श्रष्टाहरूले विश्व भूटानी साहित्यिक संगठन (GBLO) सँग सहकार्य गर्दै संचालनमा आएको एउटा साहित्यिक/काब्यिक प्रश्तुतिकरणको श्रृंखला हो। प्रेम, सम्बन्ध, मानवीय संवेदना र सामाजिक विषयवस्तुलाई केन्द्रमा राखेर विभिन्न स्थानमा आयोजना हुँदै आएको यस कार्यक्रमले प्रवासमा नेपाली भाषा, साहित्य र सांगीतिक संस्कृतिलाई जोड्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

“मनदेखि मनसम्म” का परिकल्पनाकार संगठनका अध्यक्ष पातलो अन्तरे हुन।

– ग्लोवलपोस्ट का लागि, अर्जुन प्रधान

तस्बिर साभर – समाज टाइम्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here