‘सुसमाचार र म’ शिर्षकमा BNCA को १२औं सम्मेलन अमेरिका न्यूयोर्कमा सुरु

0
15

रोचेस्टर, न्यूयोर्क — जुलाई ३, २०२५

भुटानी नेपाली चर्च अमेरिका (BNCA) को आयोजनामा १२औं वार्षिक सम्मेलन न्यूयोर्क राज्यको रोचेस्टर सहरमा सुरु भएको छ।

तीन दिनसम्म चल्ने यो सम्मेलन Browncroft Community Church मा आयोजना गरिएको हो, जसमा अमेरिका, नेपाल, भुटान लगायतका देशहरूबाट आएका नेपाली ख्रीष्टियन प्रतिनिधिहरूको उपस्थिति रहेको छ।

सम्मेलनको मुख्य विषयवस्तु “The Gospel and Me” (सुसमाचार र म) रहेको छ। आयोजकहरूका अनुसार कार्यक्रममा सुसमाचारको सन्देश, आत्मिक शिक्षण, स्तुति–आराधना, युवा र बाल सत्र तथा समूहगत प्रार्थनाका विविध गतिविधिहरू समावेश गरिएका छन्।

कार्यक्रमको उद्घाटन स्तुति–आराधना, स्वागत मन्तव्य र सामूहिक प्रार्थनासहित सम्पन्न भएको थियो। सहभागिहरूको उत्साह र आराधनात्मक वातावरणले सम्मेलनमा आत्मिक उर्जा थपिएको देखिएको छ।

सम्मेलनमा प्रमुख वक्ता रूपमा निम्न अगुवाहरू सहभागी छन्:

• पास्टर सिलास थापा – Atlanta, Georgia

• डा. नोर्बु तामाङ – Columbus, Ohio

• पास्टर दिनेश राई – Rochester, New York

• पास्टर सामुएल सिन्चुरी – Akron, Ohio

उनीहरूले ख्रीष्टियन विश्वास, सुसमाचारको शक्ति, र आत्मिक रूपान्तरणका विषयमा सन्देश दिइरहेका छन्।

BNCA का अनुसार, सम्मेलनको उद्देश्य प्रवासी नेपाली मसीही समुदायलाई आत्मिक रूपमा एकत्रित गर्नु, ख्रीष्टियन शिक्षामा अगाडि बढाउनु र अगामी पुस्तालाई मसीही विश्वासमा स्थिर बनाउनु हो।

सन् २०११ मा स्थापना भएको BNCA ले अमेरिका विभिन्न राज्यहरूमा वार्षिक सम्मेलनहरू गर्दै आएको छ। यो सम्मेलन संघको १२औं संस्करण हो।

कार्यक्रम जुलाई ५ सम्म चल्ने

तीन दिनसम्म चल्ने सम्मेलनमा भजन–आराधना, प्रेरणादायी प्रवचन, बाइबल अध्ययन सत्र, र आत्मगवाही कार्यक्रमहरू समेत समावेश गरिएको आयोजकहरूले जनाएका छन्।

आयोजकहरूले सहभागिहरूलाई विश्वासमा दृढ बन्ने, आत्मिक रूपान्तरणमा अग्रसर हुने र समुदायमा प्रेम र एकताको सन्देश फैलाउने लक्ष्य राखिएको बताएका छन्।

https://youtu.be/Djs3kI10YwU?si=KfAKun887WXo4gUK

@अर्जुन प्रधान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here