विश्व भूटानी साहित्यिक संगठन GBLO को नयाँ नेतृत्व चयन: पातलो अन्तरे अध्यक्षमा निर्वाचित

0
750

@अर्जुन प्रधान

द हेग, नेदरल्याड्समा – विश्व भूटानी साहित्यिक संगठन (GBLO) को सातौं अन्तर्राष्ट्रिय सम्मेलन (GICC–2025) को समापन सत्रमा नयाँ नेतृत्व चयन गरिएको छ। संगठनको भावी कार्यदिशा अझ प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यले कार्यसमिति र ट्रस्टी बोर्ड घोषणा गरिएको हो।

नयाँ कार्यसमिति यस प्रकार छः
• अध्यक्ष: पातलो अन्तरे
• वरिष्ठ उपाध्यक्ष: गोपाल पौडेल
• महासचिव: सुसन माझी
• सचिव: लक्की राशि
• कोषाध्यक्ष: शेखर कोइराला
• सह–कोषाध्यक्ष: अभि न्यौपाने
• कार्यक्रम निर्देशक: ईश्वर ढकाल
• सांस्कृतिक संयोजक: सरगम थापलिया
• प्रचार प्रसार प्रमुख: भीम गुरुङ
• सदस्यहरू: खडक गजमेर, देवी राई, यदु अधिकारी, छत्र दंगाल

Board of Trustees मा निम्न व्यक्तित्वहरू छन्:
• डेन्जोम साम्पाङ
• जय बन्तवा
• कर्ण गुरुङ
• प्रदीप गुरुङ
• आभाष रिखाम
• ममता मोक्तान

नव निर्वाचित अध्यक्ष पातालो अन्तरे ले संगठनको नेतृत्व सम्हाल्दै प्रवासी नेपाली साहित्यिक आन्दोलनलाई अझ अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने प्रतिबद्धता जनाए। साथै, नयाँ पुस्तालाई सृजनात्मक यात्रामा सहभागी गराउँदै समावेशी र दीगो नेतृत्वको अभ्यासमा लाग्ने वचन पनि दिए।

GBLO ले साहित्य, भाषा, संस्कृति र प्रवासी नेपाली चेतनालाई अन्तर्राष्ट्रिय फलकमा प्रवर्द्धन गर्दै आएकाे छ। नयाँ नेतृत्वको आगमनसँगै नेपाली भाषी स्रष्टाहरूबीच सहकार्य र सिर्जनात्मक सञ्जाल विस्तारको अपेक्षा आम साहित्यिक मनहरुको रहेको छ।

@newsdeskusa

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here