प्रवासी नेपाली मञ्च अमेरिकाको ऐतिहासिक चौथो अधिवेशन सम्पन्न-अध्यक्षमा  छवि पाण्डे चयन

0
126

अर्जुन प्रधान

ड्यालस, टेक्सास — जुन १, २०२५ का दिन टेक्सासको ड्यालस सहर एउटा ऐतिहासिक क्षणको साक्षी बन्यो। प्रवासी नेपाली मञ्च अमेरिकाको चौथो राष्ट्रिय अधिवेशन भव्यता, एकता र भविष्यदर्शी संकल्पका साथ सम्पन्न भयो। नयाँ अध्यक्ष छवि पाण्डेको नेतृत्वमा मञ्चले संगठनको नयाँ अध्यायको सुरुवात मात्र गरेन, प्रवासी नेपालीहरूको आवाजलाई अझ बुलन्द बनाउन प्रतिबद्धता पनि दोहो¥र्‍यो।

विविधतामा एकता झल्किने प्रतिनिधिहरूको उपस्थिति, सांस्कृतिक सौन्दर्यले सजिएको उद्घाटन समारोह, र भावनात्मक सम्बोधनहरूले यो अधिवेशनलाई सम्झनलायक बनायो।

अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा छवि पाण्डे विजयी हुँदै नेतृत्वको जिम्मेवारी सम्हाल्दा, उपाध्यक्ष र सचिवतहका प्रतिनिधिहरू निर्विरोध निर्वाचित भए। डिबी राउत, गोविन्द खनाल, मैयाँ ढुंगाना, सञ्जयसिंह केसी, बिजयराज भट्टराई, विजय बगाले, लोकनारायण थापा, साधना पन्त र उपेन्द्र राउतसहित १५ सदस्यीय कार्यसमितिको नयाँ संरचना अनुभवी नेतृत्व र युवा सोचको समिश्रण हो।

पाण्डेले उद्घोष गरे, “हामी सबैलाई समेट्दै संगठनलाई एकताको बलमा अघि बढाउनेछौं। विचारको विविधता हाम्रो शक्ति हो, द्वन्द्व होइन।”

के तपाईं हाम्रो पोडकास्टमा सहभागी हुन चाहनुहुन्छ? यदि हो भने कृपया सम्पर्क गर्नुहोस्।

अधिवेशनको प्रमुख उपलब्धि भनेको सार्वजनिक गरिएको १३ बुँदे घोषणापत्र हो, जसले मञ्चको भावी यात्राको नक्सा कोरेको छ। घोषणामा अमेरिकामा रहेका नेपालीहरूको हक हित संरक्षणदेखि नेपालमा लगानी, सीप र प्रविधिको स्थानान्तरणसम्मका विषय समेटिएका छन्।

नारामा उल्लेख गरिएझैँ — सलव प्रवासीसमृद्ध नेपालसुखी नेपाली — मञ्चले अब कार्यनीतिमा रूपान्तरण गर्ने स्पष्ट संकेत दिएको छ। गैरआवासीय नेपालीहरूको नागरिकता अधिकार सुनिश्चित गर्न संवैधानिक संशोधनमा पहल गर्न गरिएको माग, सांस्कृतिक सम्पदाको संरक्षण, र सदस्यता विस्तार अभियानले घोषणापत्रलाई समृद्ध बनाएको छ।

दुई दिने यो अधिवेशन केवल एउटा कार्यक्रम थिएन, यो भावनाको समर्पण थियो। उद्घाटन सत्रमा सञ्जय थापाले व्यक्त गरेको “संगठित प्रयास”को सन्देश, कृष्ण लामिछानेको “अमेरिका केन्द्रित सक्रियता”को जोड र प्रभु थापाको “पारदर्शिता र अनुशासन”को प्रतिबद्धताले संस्था एक सशक्त ढाँचातर्फ उन्मुख भएको संकेत गरे।

समापन सत्रमा अध्यक्ष पाण्डेले भने, “अधिवेशन सकिएको होइन, सुरुवात भएको हो — नेपालीपनको पुनर्जागरण र साझा जिम्मेवारीको।”

ड्यालसको त्यो क्षण अब इतिहासको पानामा लेखिएको छ — जहाँ आवाजहरू एक भए, विचारहरू मिले, र एकता नयाँ यात्राको साँचो बन्नेमा ग्लोबलपोस्टको शुभकामना छ ।

समचार र तस्विर प्रवासी नेप मञ्च अमेरिकाको सहयोगमा अर्जुन प्रधान(मैले) लेखेको हुं । थप जानकारीका लागि मञ्चलाइ सम्पर्ग गर्नु होला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here