बेलडाँगी शिविरमा साहित्य परिषद भूटानको ३३ औं स्थापना दिवस मनाइयो

0
141

-अर्जुन प्रधान

दमक, बेलडाँगी

साहित्य परिषद भूटानको ३३ औं स्थापना दिवस सोमबार एक कार्यक्रमकाबीच झापाको दमकस्थित भूटानी शरणार्थी शिविर बेलडाँगीमा सम्पन्न भएको छ ।

कार्यक्रम नेपाल च्याप्टर, साहित्य परिषद् भूटानले आयोजना गरेको हो । नेपाल च्याप्टरका निर्देशक दिल भूटानीको अध्यक्षतामा रहेको कार्यक्रमको प्रमुख अतिथि शिविर सचिव सञ्चहाङ सुब्बा रहनु भएको थियो । “सुब्बाले नेपालीभाषी भूटानीहरु शरणार्थी अवस्थामा अलपत्र परेपनि आफ्‌नो भाषा, साहित्य, कला र संस्कृतिले जिउँदो हुन सकेको जनाउनु भयो ।”

लक्षुमण बुर्जाले सञ्चालन गर्नु भएको कार्यक्रममा विरेन मगरले शव्दले स्वागत गर्दै संस्थाको गतिविधिमा सबैको सक्रिय सहभागिता आवश्यक रहनेमा जोड दिनुभयो ।कार्यक्रममा साहित्य र सङ्गीतको प्रस्तुति रहेको थियो । गायक बलराम मगर, शेरबहादुर लावती, ओम सापकोटा आदिले प्रस्तुति दिनुभयो ।

यसैगरी, बिशेष अतिथिहरू साहित्यकार तिलक राई, अविलाल राई, चिरञ्जीवी राई, थिरु घिमिरे आदिको रचना प्रस्तुत भयो । कार्यक्रममा धार्मिक र जातीय संगठनका प्रतिनिधिहरुको पनि उपस्थिति थियो ।

महन्तब्यका क्रममा दिल भूटानीले भने, “भाषा रह्यो भनि मात्र हाम्रो पहिचान रहन सक्छ, भाषाले नै हाम्रो सभिमानलाई गर्व गर्न लायकको इतिहास बनाउँछ । हामी जहाँ गए पनि हाम्रो परिषद्को कार्य नेपाली भाषाको उथानमा नै अघि बढाउने हो, र निरन्तर गर्दै पनि आएका छौँ ।

साहित्य परिषद् जहाँबाट सुरू भएको थियो, त्यहीँ ३३ औं जन्म उत्सव मनाइरहँदा ३७ जना संस्थापक सदस्यहरूलाई पनि भूटानिले सम्झिए ।”

आफ्नो देशबाट लखेटिनु परेपनि नेपाली भाषा, साहित्य, कला र संस्कृति संरक्षणमा शरणागत भूमिमा गठन भएको भाषा परिषद् आफ्नो लक्ष्यमा निरन्तर अघि बढिरहेको कार्यक्रममा जनाइयो ।

(समचार नेपाल च्याप्टरका निर्देशक दिल भूटानीको सहयोगमा लेखिएको हो । प्रयोग भएका फोटो र भिडियो दिल भुटानीले प्रदान गर्नु भएको हो ।)

साहित्यकार तिलक राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here