अर्जुन प्रधान
विन्डसर, क्यानाडा – भूटानी क्यानाडियन एशोसिएसन (BCA) को आयोजनामा नयाँ वर्ष २०८२ को अवसरमा भव्य साहित्यिक कार्यक्रम सम्पन्न हुने भएको छ।
कार्यक्रममा नेपाली भाषा, साहित्य, संस्कृति तथा पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ। यस अवसरमा काव्य वाचन, वक्तव्य प्रस्तुतिहरू, तथा नेपाली साहित्यको उत्थानमा महत्वपूर्ण योगदान दिएका व्यक्तित्वहरूबाट सृर्जना सुन्ने सुनाउने कार्यक्रम रहेको भूटानी क्यानाडियन एशोसिएसनले जानकारी गराएको छ । अध्यक्ष कृश अधिकारी का अनुसार, “हाम्रो भाषा, हाम्रो पहिचान – संरक्षण र प्रवर्द्धन हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना गरिने यस कार्यक्रमले नेपाली भाषाको जगेर्ना गर्ने, नयाँ पुस्तालाई आफ्नो भाषा र संस्कृतिप्रति गर्व गर्न प्रेरित गर्ने, तथा नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
BCA को यो विशेष साहित्यिक कार्यक्रमलाई सफल बनाउन विभिन्न संचारमाध्यमहरू मिडिया पार्टनर का रूपमा संलग्न भएका छन्। अप्रिल १३, साँझ ७:०० बजे, उज्यालो https://www.facebook.com/share/1DRA5QdVqX/?mibextid=wwXIfrविन्डसर (Ujjaylo Windsor) मार्फत प्रत्यक्ष प्रसारण गरिने मिडिया संयोजक भानु ढुंगानाले जानकारी दिएका छन् ।

कार्यक्रममा ख्यातिप्राप्त साहित्यकार तथा कविहरू जस्तै तिला आचार्य, शिव दाहाल, भोला सुवेदी, तुला बिस्ट, विश्वास लामा, दुर्गा रिमाल, नवीन प्राचिन, वीरेन मगर, सञ्चमान खालिङ, गंगाराम लामिटारे, तुम्बेहाङ लिम्बु, भानु ढुंगाना, मदन दुलाल, पुरानाघरे, अविषेक शर्मा, डेन्जोम साम्पाङ, जमुना न्यौपाने, नारद खरेल, खगेन्द्र गौतम, ओम पोख्रेल, बलराम काफ्ले, दिल भूटानी, तेजमान रोका, टिकाराम राई, कर्ण गुरुङ र दिपित लगायतका प्रतिभाहरूले आफ्ना उत्कृष्ट रचनाहरू प्रस्तुत गर्नेछन्।
उक्त नयाँ वर्ष २०८२ को सुखद अवसरमा आयोजित यस कार्यक्रमलाइ बलराम काफ्ले ले सञ्चालन गर्ने भएका छन् । कार्यक्रममा विश्वभर छरिएर रहेका नेपाली भाषी समुदायको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको नेपाली साहित्य र संस्कृतिलाई प्रवर्द्धन गर्दै प्रवासी नेपालीहरूबीच एकता, सम्बन्ध, र पहिचानको भावनालाई अझ मजबुत बनाउने विश्वास गरिएको काफ्लेले ग्लोबलफोस्टलाइ बताएं।













