अर्जुन प्रधान
मार्च १, २०२५ – ओहायो, अमेरिका
आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको पहिलो वार्षिक साधारण सभापछि, मिति मार्च १, २०२५ शनिबार साँझ ७ बजे संघको बोर्ड बैठक सम्पन्न भएको छ। संघका अध्यक्ष हरि उप्रेती को अध्यक्षतामा सम्पन्न बैठक संघका महासचिव रन खड्का द्वारा सञ्चालन गरिएको थियो।
गत फेब्रुअरी २, २०२५ मा सम्पन्न पहिलो वार्षिक साधारण सभाबाट पारित निर्णयहरूलाई कार्यान्वयन गर्न, बैठक जुम मार्फत गरिएको थियो। अधिकांश पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न उक्त बैठकले महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।
१. नयाँ कार्यसमितिको पूर्णता
बैठकले पहिलो एक वर्षको अन्तरिम कार्यसमितिलाई धन्यवाद दिँदै, संघको विधानअनुसार चार वर्षका लागि नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरेको छ। नयाँ कार्यसमिति मार्च २, २०२५ बाट लागू हुनेछ। नयाँ कार्यसमितिमा निम्न पदाधिकारी चयन भएका छन्:
कार्यसमिति:
अध्यक्ष: हरि उप्रेती (ओहायो)
उपाध्यक्ष: शेखर ढुंगेल (क्यालिफोर्निया)
महासचिव: रन खड्का (ओहायो)
सचिव: सुनिता बस्नेत (म्यारिल्याण्ड)
कोषाध्यक्ष: खडानन्द अधिकारी (ओहायो)
बोर्ड सदस्यहरू:
डा. राजेश शाक्य (म्यारिल्याण्ड)
केदार उप्रेती (पेन्सल्भेनिया)
तिलचन आचार्य (पेन्सल्भेनिया)
मिडिया तथा नेपाल संयोजन:
मिडिया प्रवक्ता: अर्जुन प्रधान (भर्जिनिया)
मिडिया संयोजक: सूर्य चन्द (बोस्टन)
नेपाल संयोजक: प्रहिल कार्की (काठमाडौं)
२. भावी योजना र संघको रणनीति

Exciting Announcement!
Join us on March 11 at 8:30 PM for an exclusive interview with Denzome Sampang, the visionary philosopher behind Svikarokti Philosophy! We’ll dive into his groundbreaking ideas on acceptance, conscious leadership, and personal transformation.
बैठकले पहिलो साधारण सभाबाट प्राप्त उपलब्धिहरूलाई आधार मानेर संघलाई अझ सशक्त बनाउन विभिन्न योजना अघि बढाउने निर्णय गरेको छ।
सर्जकहरूलाई प्रोत्साहन गर्दै आजीवन सदस्यता वितरण गर्ने।
राज्य प्रतिनिधिहरू चयन गरी, नेपाली गीत-संगीत र भाषाको प्रवर्द्धनमा एकजुट हुन आह्वान गर्ने।
गीत लेखन स्तरवृद्धिका लागि प्रशिक्षण, प्रतियोगिता, र कृति प्रकाशनलाई प्राथमिकता दिने।
प्रवासमा नेपाली गीत-संगीतमा योगदान गर्ने स्रष्टाहरूलाई सम्मान र प्रोत्साहन गर्ने।
३. संघको कानुनी पहिचान र अन्तर्राष्ट्रिय विस्तार
संघको आर्थिक गतिविधिहरूको समीक्षा गर्दै, 501(c)(3) गैर-नाफामुखी संस्था दर्ता प्रक्रियालाई निरन्तरता दिने निर्णय गरिएको छ। साथै, संघलाई अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्न, संघको नाम हेरफेर आवश्यक परे विधान संशोधन गर्ने निष्कर्ष निकालिएको छ।
संघले नेपाली भाषा, साहित्य, गीत-संगीत प्रवर्द्धनका लागि थप योजनाबद्ध ढंगमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
आप्रवासी नेपाली गीतकार संघ अमेरिकाले संयुक्तरूपमा १४१ गितकारहरुको गितलाइ समावेश गरेर पहिलो गिती संग्रह “ नेपाली मूलः प्रीतिको फूल को पनि प्रकाशन गरिसकेको छ । भने धेरै गिति एल्बमहरूको प्रकाशन गर्दै आएको छ ।
