रेयोल्ड्सबर्ग सिटी काउन्सिल सदस्य भुवन प्याकुरेलको नेतृत्वमा भूटानी सरकारको दमनविरुद्ध ऐतिहासिक प्रस्ताव पारित

0
177

अर्जुन प्रधान 

रेयोल्ड्सबर्ग, फेब्रुअरी २४, २०२५ – अमेरिको ओहायो राज्यको रेयोल्ड्सबर्गको सिटी काउन्सिलले भूटान सरकारले नेपालीभाषी भूटानी र अन्या जातिहरू 

शाचोर्पहरू माथि गरेको दमन, सांस्कृतिक दमन, र जबरजस्ती देशनिकालाको कडा शब्दमा निन्दा गर्दै औपचारिक प्रस्ताव पारित गरेको छ। प्रस्तावमा भूटान सरकारले १९८० र १९९० को दशकमा १ लाख ३० हजारभन्दा बढी नेपालीभाषी र अन्या जाति भूटानीहरूलाई निर्वासनमा पठाएको र उनीहरूको मानवअधिकार उल्लङ्घन गरेको विषयमा कडा आपत्ति जनाइएको छ।

भूटानी सरकारको अन्यायको औपचारिक मान्यता

प्रस्ताव अनुसार, सिटी काउन्सिलले भूटान सरकारलाई नेपालीभाषी भूटानी समुदायको राजनीतिक, सांस्कृतिक, र आर्थिक दमनको लागि जिम्मेवार ठहराएको छ। उक्त प्रस्तावमा हजारौँ नेपालीभाषी भूटानीहरूलाई अन्यायपूर्ण रूपमा जेल हालिएको, यातना दिइएको, र बिना कानुनी प्रक्रिया लामो समयसम्म थुनिएको कुरालाई औंल्याइएको छ।

त्यसैगरी, भूटान सरकारले हालसम्म पनि विस्थापित भूटानी नागरिकहरूको नागरिकता र सम्पत्तिहरू फिर्ता नगरेको, र नेपालमा रहेका हजारौँ भूटानी शरणार्थीहरूको स्वैच्छिक पुनर्स्थापनाको लागि वार्ता गर्न अस्वीकार गरेकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।

प्रस्तावका मुख्य बुँदाहरू

रेयोल्ड्सबर्ग सिटी काउन्सिलले निम्न महत्वपूर्ण बुँदाहरूलाई प्रस्तावमार्फत अगाडि सारेको छ:

क. भूटान सरकारलाई जिम्मेवार ठहराउने – नेपालीभाषी भूटानीहरू माथि भएको उत्पीडन, देशनिकाला, र मानवअधिकार हननको लागि भूटान सरकारलाई आधिकारिक रूपमा जिम्मेवार मान्ने।

ख. राजनीतिक बन्दीहरूको रिहाइको माग – भूटान सरकारलाई शान्तिपूर्ण रूपमा लोकतन्त्र र मानवअधिकारको माग गरेका सबै राजनीतिक बन्दीहरूलाई अविलम्ब रिहा गर्न अनुरोध गर्ने।

ग. पुनर्बास प्रक्रियालाई अघि बढाउने आग्रह – भूटान सरकारलाई नेपाल सरकारसँग पुनर्बासबारे वार्ता गर्न, शरणार्थीहरूलाई उनीहरूको नागरिकता र सम्पत्तिहरू फिर्ता गर्न, र पारदर्शी पुनर्बास प्रक्रिया सुनिश्चित गर्न आग्रह गर्ने।

घ. सत्य निरुपण आयोगको गठन – भूटान सरकारले १९९० को दशकमा भएका मानवअधिकार उल्लङ्घनको अनुसन्धान गर्न स्वतन्त्र सत्य निरुपण आयोग गठन गर्नुपर्ने, त्यसको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, र नागरिक अधिकारहरूको संरक्षण गर्नुपर्ने माग गर्ने।

प्रस्तावमा ओहायो रेयोल्ड्सबर्ग सहरमा पुनर्स्थापित हजारौँ नेपालीभाषी भूटानीहरूको योगदानको पनि प्रशंसा गरिएको छ। उनीहरूले सहरको भाषा, संस्कृति, र विविधतालाई थप समृद्ध बनाएको भन्दै सिटी काउन्सिलले उनीहरूप्रति आफ्नो पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गरेको छन्।

रेयोल्ड्सबर्ग सिटी काउन्सिल मेम्बर भुवन प्याकुरेलको नेतृत्वमा यो प्रस्ताव पारित गरिएको छ । Bhutanese Community of central Ohio लाइ आधिकारी रूपमा रेयोल्ड्सबर्ग सिटी काउन्सिलम्यान भुवन प्याकुरेल र रेयोल्ड्सबर्ग सिटीका मेयर Joe Begeny ले हस्तान्तरण गरेको कार्यकारी निर्देशक सुदर्शन शर्माले जानकारी दिनु भयो ।

“यो प्रस्तावन भूटानी शरणार्थीहरूको अधिकार र पुनर्स्थापनाको विषयमा एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यसले अन्तर्राष्ट्रिय समुदायलाई भूटानी सरकारको दमन विरुद्ध स्पष्ट सन्देश दिने अपेक्षा गरिएको छ ।” कार्यकारी निर्देशक सुदर्शन शर्माले खुशि ब्यक्त गर्नु भयो । 

अन्या जानकारीहरू बुंदागत राखिएको छ प्रस्तावनमा ः-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here