“मनदेखि मनसम्म” कार्यक्रममा साहित्य, संगीत र प्रेमको महोत्सव

0
61

अर्जुन प्रधान 

ह्यारिसबर्ग, फेब्रुअरी ८ – विश्व भूटानी साहित्यिक संगठन(GBLO) को आयोजनामा मम्स् ममको मझेरीमा आयोजित “मनदेखि मनसम्म” कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।

प्रणय दिवसको अवसर पारेर गरिएको यस कार्यक्रममा ह्यारिसबर्ग वरपरका प्रतिष्ठित साहित्यकार, कवि, तथा सामाजिक अभियन्ताहरूको उपस्थितिले कार्यक्रमलाई अझ विशेष बनाएको महासचिब पातलो अन्तरेले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन समारोह कबि तथा गितकार शेखर कोइरालाले गरेपछि विभिन्न श्रष्टाहरूले प्रेम र समर्पणलाई उजागर गर्ने आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका थिए। १५ जना कवि तथा स्रष्टाहरू ले प्रेमका विविध आयाम समेट्ने आफ्ना उत्कृष्ट रचनाहरू वाचन गरेर उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाए।




कार्यक्रममा गायक तथा संगीतकार मनोज राई ले प्रेमिल गीत प्रस्तुत गरेर माहोललाई झनै रोमान्टिक बनाइदिए। उनको सुमधुर स्वरले उपस्थित सबैमा प्रेम सटिएको महशुस भएको थियो ।


उक्त कार्यक्रमलाई सफल बनाउन गितकार अगम गुरूङ ले स्थल उपलब्ध गराएर महत्वपूर्ण भूमिका निभाउनु भएको थियो । उहाँले शुभकामना व्यक्त गर्दै भन्नुभयो, “यस्ता कार्यक्रम गर्न मेरो यो प्रांगण सँधै खाली छ।” उहाँको यो अभिव्यक्तिले आयोजकहरूलाई अझ उत्साहित बनायो।


विश्व भूटानी साहित्यिक संगठन GBLO का प्रतिनिधिहरूले कार्यक्रमको सफलताप्रति खुशी व्यक्त गर्दै आगामी दिनहरूमा यस्ता साहित्यिक तथा सांगीतिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। साहित्य, संगीत, र प्रेमको यो संगम ह्यारिसबर्गका नेपाली समुदायका लागि अविस्मरणीय र यादगार बनेको मा साहित्यकार अन्तरेले खुशि ब्यक्त गरेका छन् । 

कार्यक्रममा सहभागिता जनाउने साहित्यिक व्यक्तित्वहरू:

• अनील नेम्वाङ

• डी.पी. दुलाल 

• त्रिभिक्रम न्यौपाने 

• देवी दाहाल “डगाने” 

• शेखर कोइराला 

• डी.बी. सारु 

• डा. नरद पोखरेल 

• जितु गुरुङ 

• बलकृष्ण अधिकारी 

• गोविन्द अधिकारी 

• गण्डकी पुत्र

• मदन दुलाल

• पातलो अन्तरे

• भरत तिम्सिना 

. समाज टाइम्सका पत्रकार विष्णु हरी घिमीरे

https://www.facebook.com/share/v/1RGwywWN2r/?mibextid=wwXIfr

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here