सिद्धार्थ: शरणार्थी जीवनदेखि हलिउडको चमकसम्मको यात्रा

0
37

अर्जुन प्रधान

हलिउडमा काम गर्ने नेपाली भाषी भूटानी चलचित्रकर्मी सिद्धार्थ, जसको संघर्ष र सफलता नेपाली सिनेमाजगतको लागि प्रेरणादायी छ, आजकल बिश्वभर चर्चा बटुलिरहेका छन्।

नेपाल झापाको बेलडाङ्गी-२ शरणार्थी शिविरमा जन्मेका सिद्धार्थले आफ्नो बाल्यकाल टेलिभिजनसम्म पहुँच पाउनका लागि कठिन संघर्षमा बिताए। अरूको घरमा ब्ल्याक एण्ड वाइट टेलिभिजन हेर्ने दिनबाट सुरु भएको उनको यात्रा अहिले हलिउडको चमकमा पुगेर टुंगिएको छ।

अमेरिकामा पुनर्स्थापना भएपछि, उनले ओहायो राज्यको कोलम्बसमा स्थायी बसोबास गर्दै चलचित्र क्षेत्रमा आफ्नो करियर बनाउनको लागि कडा मिहिनेत गर्न थाले। फूल साईल युनिभर्सिटीबाट चलचित्र अध्यान सकेर, सिद्धार्थले हलिउडका विभिन्न प्रोजेक्टहरूमा काम गर्न थाले। डिज्नी स्टुडियोमा काम गर्दै उनले आफ्नो सिर्जनशीलता र क्षमता देखाउने अवसर पाए, जसले उनलाई हलिउडमा थप अनुभव र सफलता दिलायो।

उनले “सुपरम्यान” जस्तो चर्चित सुपरहिरो फिल्ममा सहायक निर्देशकको रूपमा काम गरी आफ्नो पहिचान बलियो बनाएका छन्। यो कुनै साधारण सफलता होइन, विशेष गरी जब उनले शरणार्थी जीवनको कठिन यात्रा पार गरेर यहाँसम्म पुग्नुभएको छ।

सिद्धार्थले मात्र हलिउडमा नै काम गरेका छैनन्, उनी नेपाली भाषी फिल्म “खै के खै के” लेखन र निर्देशन गरेर पनि आफ्नो कला प्रस्तुत गरिसकेका छन्। यो चलचित्रले पनि सिद्धार्थको निर्देशन क्षमतालाई नेपाली सिनेमामा चिनाएको छ।

सिद्धार्थको सफलताको कथा केवल एउटा चलचित्रकर्मीको जीवनको यात्रा मात्र नभएर भुटानी नेपाली समुदायका लागि पनि गर्व र प्रेरणाको स्रोत बनेको छ।

अब यो चलचित्र नेपाली दर्शकले OSR Digital यूट्यूब च्यानल मार्फत हेर्न सक्नेछन्। उक्त चलचित्र तिम्रो मेरो प्रोडक्शन मार्फत ड्रीम प्रोडक्शनको सायतामा निर्माणिन नेपाली कथनक चलचित्र हो । यसमा मुख्य कलाकार केदार उप्रेति , मेलिना मानन्धर , सन्तोष रामदम लगायत धेरै दिकज कलाकारहरूको अभिनय देखिन्छ ।

चलचित्र नेपाली समाजमा भइरहने घट्ना भन्दा धेरै भिन्न देखिन्छ । कथा परिवेश सुनेको र भोके जस्तै तर निर्देशक सिद्धार्थले यसलाइ नौलो अभियान दिएका छन् ।

एक चोटी हेरि यो परिवर्तनशिल अभियानामा हामी सबैले साथ दिने कि ः-

https://www.youtube.com/watch?v=H-hLaC3SRnQ&t=11s&ab_channel=OSRDigital

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here