अर्जुन प्रधान
नेपाली सिनेमा उद्योगको विकासलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित सातौं एटीए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड भव्यताको साथ अमेरिकाको न्यूयोर्कमा सम्पन्न भयो। यो अवार्ड समारोहले नेपाली चलचित्र र कलाकारहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको उत्कृष्टता अन्तर्राष्ट्रिय मञ्चमा उभ्याउन महत्वपूर्ण भूमिका खेलेको छ।
कार्यक्रममा नेपाल फिल्म सोसाइटी यूएसएको टिमका सदस्य नवराज श्रेष्ठले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन महत्वपूर्ण योगदान पुर्याउँदै नेपाली डायस्पोराका कलाकारहरूको उल्लेखनीय भूमिका रहेको बताउनुभयो। यसले अमेरिका लगायत अन्य देशहरूमा रहेका नेपाली समुदाय र चलचित्र क्षेत्रका व्यक्तित्वहरूलाई एकीकृत गर्दै नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्न मद्दत गरेको छ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्टताको सम्मान गर्दै थुप्रै पुरस्कार प्रदान गरियो।
विशेषगरी:
• उत्कृष्ट चलचित्र: भस्मे डन
• उत्कृष्ट निर्देशक: दिपेन्द्र के. खनाल (भस्मे डन)
• उत्कृष्ट अभिनेता: दयाहाङ राई
• उत्कृष्ट अभिनेत्री: सुरक्ष्या पन्त
• जूरी अवार्ड: सरोज खनाल र करिश्मा मानन्धर
• Excellence Award: करिश्मा मानन्धर
• Star of the Year: केकी अधिकारी
हास्य र खलनायक भूमिकामा पनि विशेष सम्मान प्रदान गरियो:
• उत्कृष्ट हास्य अभिनेता: केदार घिमिरे (माग्ने बुढा)
• उत्कृष्ट खलनायक: प्रसान्त ताम्राकार
नेपाली चलचित्रका पहिलो नायिका भुवन चन्द र हास्य साम्राज्ञी बसुन्धरा भुसाललाई नेपाली चलचित्रमा पुर्याएको योगदानमा “दिर्घ साधना सम्मान ”कदर गर्दै विशेष सम्मान प्रदान गरियो।
कार्यक्रममा नेपाली डायस्पोराबाट आएका थुप्रै चर्चित कलाकारहरूको उपस्थिति देखियो। उनीहरूले नेपाली चलचित्रको प्रवर्द्धन र अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याएका छन्।
उपस्थित कलाकारहरूमा:
• गोपालचन्द्र लामिछाने – निर्देशक
• राहुल के सी – नायक / इनास अमेरिका अध्यक्ष
• विक्रान्त बस्नेत – नायक
• प्रवेश उप्रेती पावल – नायक
• बिश्व पौडेल – निर्माता
• सुन्दर श्रेष्ठ – नायक
• राजीव श्रेष्ठ – फोटोग्राफर
• कृष्ण थापा – नायक
• खेम शर्मा – हास्य कलाकार
• अञ्जु थापा – कलाकार / निर्माता
• लौरा घिमिरे – अभिनेत्री
साथैमा नेपाली भाषी भूटानी कलाकारहरूको पनि उपश्थिती बाग्लो रूपमा देखिएको थियो । हरेक बर्ष नेपाली भाषी भूटानी कलाकारहरूले पनि नेपाली चलचित्रलाइ ठूलो योगदान पुर्याउदै आएका छन् ।
कार्यक्रमको सञ्चालन चर्चित हांस्य कलाकार सन्दीप क्षेत्री र निशा पाठकले दर्शकहरूलाई मनोरञ्जनात्मक रूपमा कार्यक्रमलाई जीवन्त बनाएका थिए।
कार्यक्रमले नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय मञ्चमा उभ्याउने प्रयासलाई मजबुत बनाउँदै आएको छ। कलाकारहरूको उत्कृष्टता, डायस्पोराको सहभागिता, र नेपाली सिनेमाको अन्तर्राष्ट्रियकरणमा यस्तो कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेलेको छ। यो अवार्ड समारोहले अमेरिकामा रहेका नेपाली समुदायसँग नेपाली सिनेमाको सम्बन्ध अझै बलियो बनाउने प्रयास गरेको छ। यसैक्रममा,
सातौं एटीए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड मा विशेष योगदान पुर्याउने व्यक्तित्वहरूलाई Special Appreciation Award प्रदान गरिएको थियो।
निशान घिमिरे- सम्पादक
शैलेश श्रेष्ठ- ड्रीम्स यूनिभर्सलका अध्यक्ष
झरना अधिकारी- उत्कृष्ट पत्रकार
वीरेन्द्र हमाल- वरिष्ठ कलाकार
शिव श्रेष्ठ- समाजसेवी
याम बराल- गायक
शाह नवाज- Golden Age Home Care
यस पुरस्कारले उनीहरूको सम्बन्धित क्षेत्रहरूमा पुर्याएको उत्कृष्ट योगदानलाई सम्मान गर्दै उनीहरूको मेहनतको कदर गरेको आयोजकले बताएका छन् ।
नेपाली सञ्चार जहा कला, साहित्य, र समाजका हरेक बिषयलाइ समेट्ने उद्देश्यले त्रिबेणी टाईम्स अनलाइन पोर्टलको उद्घाटनले यस क्षेत्रमा थप सम्भावनाहरू खोलेको छ। द्वय म्यानेजिङ पार्टनर नवराज केसी र खाम भट्टद्वारा गरिएको उद्घाटनले नेपाली सिनेमाको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा नयाँ मञ्चको सुरुवात गर्यो।
न्यूयोर्कको क्विन्स सहरमा भव्य रूपमा सम्पन्न भएको सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्डले नेपाली चलचित्र क्षेत्रका थुप्रै कलाकार, निर्माता र निर्देशकलाई सम्मान गर्दै सफलतापूर्वक समापन गर्यो। त्रिबेणी इन्टरटेन्मेन्ट र दिलकुमारी केसी फाउन्डेसनको सहकार्यमा आयोजना गरिएको यस कार्यक्रममा झण्डै ६०० जनाको उपस्थिति रहेको थियो। कार्यक्रमको सम्पूर्ण व्यवस्थापन खेम भट्ट र नवराज केसीको नेतृत्वमा सम्पन्न भएको थियो।