कोलम्बसमा नेपाली भाषी भूटानीको सक्रियता: सांस्कृतिक,संगितिक यात्रा , शैक्षिक र सामाजिक स्रस्टालाइ सम्मान गर्ने 

0
241

अर्जुन प्रधान

कोलम्बस, ओहायो — कोलम्बस साहित्यिक तथा सांस्कृतिक मञ्चले नेपाली भाषी भूटानी समुदायको विविध योगदानलाई मनाउन आगामी सेप्टेम्बर २८, २०२४ मा “मनोरम सांगीतिक साँझ” कार्यक्रमको आयोजना गर्ने भएको छ। 

यस कार्यक्रमको मुख्य आकर्षण नेपाली भाषी भूटानी  संगीतकार तथा गायक मनोज राईको सम्मान तथा एकल सांगीतिक प्रस्तुति रहनेछ। साथै, गजलकार शविन शर्माको  गजल वाचनले पनि कार्यक्रमलाई विशेष बनाउनेछ। 

 कोलम्बस साहित्यिक तथा सांस्कृतिक मञ्चले कोलम्बसमा विभिन्न क्षेत्रहरूमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ। शैक्षिक क्षेत्रमा स्थानीय विद्यालयहरूमा शिक्षण गर्दै, साथै धार्मिक कार्यमा संलग्न भएर उनीहरूले समुदायको विकासमा विशेष भूमिका खेलिरहेका छन्। 

सांस्कृतिक कार्यक्रमहरूको आयोजनामा नेपाली भाषी भूटानीहरूक सक्रियता झल्किन्छ। संगीत, नृत्य, र साहित्यिक कार्यक्रमहरूको माध्यमबाट आफ्नो सांस्कृतिक पहिचानलाई जोगाइराख्न सफल भएका छन्। यस्ता कार्यक्रमहरूले नेपाली समुदायको एकता र सांस्कृतिक धरोहरको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको गजलकार धर्मेन्द्र तिम्सिना “ क्षितिज” ले बताउनु भएको छ।

सामाजिक एकता र सहयोगका लागि पनि नेपाली भाषी भूटानीको भूमिका विशेष रहँदै आएको छ। आपसी सहयोग र एकताको भावना विकास गर्न नेपाली भाषी समुदायले विभिन्न सामूहिक गतिविधिहरूमा सहभागिता जनाउँदै आएका छन्, जसले उनीहरूको सामाजिक संरचनालाई अझ मजबुत बनाउने कार्य रहेको कार्यकर्म संयोजक आर बि खड्काले जनाएका छन् । 

“साहित्य र कलामा पनि नेपाली भाषी भूटानी समुदायको सक्रिय सहभागिता देख्न सकिन्छ।खेलकुद,भाषा, गजल, कविता, र अन्य सांगीतिक विधामा उन्लेखिन्य सक्रियता रहेको छ । जस्तै “मनोरम सांगीतिक साँझ” जस्ता कार्यक्रमहरूले नेपाली सांस्कृतिक पहिचानलाई विश्वभर फैलाउने महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । भने कोलम्बस साहित्यिक तथा सांस्कृतिक मञ्चको आयोजनामा हुने यस कार्यक्रमले नेपाली समुदायको योगदानलाई सम्मान गर्दै, सांस्कृतिक विविधता र एकताको भावना प्रकट गर्ने आशा गरिएको संस्थापक अध्यक्ष अर्जुन रसाइलिले बतानुभएको छ। “

साहित्यकार सबिन शर्मा (सबिन धिमाल) को परिचय

सबिन शर्मा, वास्तविक नाम सबिन धिमाल, भूटानको गेलेफू, लोद्राईमा २०४३ साल जेठ १६ गते शुक्रबार जन्मिएका हुन्। जीवनको प्रारम्भिक कालमै, उनी गोलधाप शरणार्थी शिविरमा बस्न पुगे। उनले आफ्नो शैक्षिक यात्रा बिए इन इङ्गलिस लिट्रेचरमा अध्ययन गर्दै विभिन्न व्यावसायिक शिक्षा हासिल गरेका छन्। पेशाले एक आईटी नेटवर्क इन्जिनियर भए पनि, नेपाली साहित्यमा गहिरो रुचि राख्ने कारणले गर्दा उनी साहित्यिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्।

साहित्यकार सबिन शर्मा (सबिन धिमाल)

सबिन शर्माले छन्द कविताबाट आफ्नो साहित्यिक यात्राको सुरुवात गरेका थिए। शरणार्थी शिविरमा रहँदा उनले गजल लेखनमा विशेष ध्यान दिए र गजल लेखनका प्रशिक्षणमा समेत अहम भूमिका निर्वाह गरे। उनी गजल मंच भूटानका संस्थापक सदस्य हुन् र हालसम्म पनि यस संस्थाका सल्लाहकारको भूमिकामा रहेका छन्। उनले चैतारी साहित्यिक पत्रिकाको सल्लाहकारको रूपमा पनि योगदान पुर्याएका छन्।

सबिन शर्मा कोलम्बस साहित्यिक तथा साँस्कृतिक मञ्चका सहसदस्य हुन् र विभिन्न साहित्यिक तथा सामाजिक कार्यक्रममा पनि सक्रिय रूपमा सहभागी हुँदै आएका छन्। उनको प्रकाशित कृति “ऐना अघि उभिएर” गजल संग्रहको रूपमा पाठकमाझ लोकप्रिय छ। 

साहित्यकारको रुपमा सबिन शर्माले आफ्नो लेखनीमार्फत नेपाली साहित्यलाई समृद्ध बनाउन निरन्तर प्रयासरत छन्, विशेष गरी गजल लेखनमा उनको योगदान उल्लेखनीय छ।

भूटानी संगीतकार मनोज राईको परिचय

मनोज राई, भूटानी नेपाली संगीतको क्षेत्रमा एक ख्यातिप्राप्त संगीतकार र गायक हुन्। भूटानी संगीतको संरक्षण र प्रवर्द्धनमा उनको योगदान अविस्मरणीय छ। नेपाली भाषी भूटानी समुदायबीच लोकप्रिय, राईले भूटानी लोक गित , भजन संगीत , देश भक्तिका गित र आधुनिक नेपाली गीतहरूलाई आफ्नो गीतिएल्बममा समावेश गरी सांगीतिक क्षेत्रमा आफ्नो पहिचान बनाएका छन्। 

उनले संगीतमा आफ्नो करियरको सुरुवात बाल्यकालदेखि नै गरेका थिए। गाउँघरका सांस्कृतिक कार्यक्रमहरूमा गाएर राईले आफ्नो गायनको यात्रा सुरु गरे, जसले उनलाई श्रोताहरूमा परिचित बनायो। भूटानी शिबिरहरूमा गायन, नृत्य, अभिनयको  प्रशिक्षण गरि सातवटौ शिबिरमा बिध्यलय को सञ्चालन गरेको राम्रो इतिहास छ ।

उनले आफ्ना गीतहरूमा लोक धुनहरूलाई आधुनिक संगीतमा मिश्रण गरी भिन्न प्रकारको संगीत शैली प्रस्तुत गरेका छन्, जसले युवापुस्तामा निकै लोकप्रियता कमाएको छ।

मनोज राईको संगीतमा नेपाली लोक भाका, भूटानी संस्कार र सांगीतिक धरोहर झल्किन्छ। यसका साथै, उनले सांगीतिक प्रशिक्षण र नाटक कार्यशाला र भाषाको  पनि सञ्चालन गर्दै आएका छन्, जसले गर्दा भूटानी र नेपाली युवा संगीतकारहरूको नयाँ पुस्तालाई प्रोत्साहन र प्रशिक्षण प्राप्त गर्न सहयोग मिलेको छ।

राईका लोकप्रिय गीतहरूमा भूटानी जीवनशैली, प्रेम, समर्पण, र समाजका विविध विषयवस्तुहरूलाई समेटिएको पाइन्छ। उनको आवाजमा मिठास र गहिराइ छ, जसले हरेक श्रोता/दर्शकको मनलाई छुन्छ। सांगीतिक यात्रामा उनले नेपाल र भूटानका विभिन्न स्थानहरूमा प्रस्तुति दिँदै आएका छन् र भूटानी समुदायका सांगीतिक गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन्। राइले भूटानी भाषीहरूमा आफ्नो कृति मार्फत धेरै योगदान पुर्याएका छन् । जस्तै भूटानी कथा-ब्यथा – २००२, सिनोरिटा – २०१३,स्पन्धन -२०१५, भूटानी सहिदहरूलाइ क्षञ्जली – २०१९ र अन्य भजन गितिमालामा शोरबद्द गरिसकेका छन् । 

हालका दिनहरूमा पनि, राई नेपाली भाषी समुदायका महत्त्वपूर्ण सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन सक्रिय छन्। उनको संगीतले नेपाली र भूटानी समुदायबीचको सांस्कृतिक एकता र सद्भावलाई प्रवर्द्धन गर्ने काम गर्दै आइरहेको छ।

सम्पर्क:

अर्जुन रसाइली: (614) 512-7836  

आरबी खड्का: (614) 641-5120  

धर्मेन्द्र तिम्सिना: (614) 371-1884  

गंगा लामितारे: (614) 381-1767  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here