नेपलिज क्यानेडियन कम्युनिटी सर्विसेस   (NCCS) द्वारा दशैं, तिहार, नेपाल सम्बत् र छठको अवसरमा “सांगीतिक साँझ” कार्यक्रम आयोजना

0
171

बिजय अधिकारी, क्यानाडा, टोरन्टो

नेपलिज क्यानेडियन कम्युनिटी सर्विसेस (NCCS) ले आगामी अक्टोबर ६ गते आइतबारका दिन दशैं, तिहार, नेपाल सम्बत् र छठको अवसर पारेर एक विशेष सांगीतिक साँझ तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागेको छ। यस कार्यक्रमले नेपाली चाडपर्वको उल्लास र सांस्कृतिक महत्वलाई उजागर गर्दै क्यानाडामा रहेका नेपाली समुदायलाई एक ठाउँमा जुटाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

NCCS का महासचिव सुदर्शन सापकोटाका अनुसार कार्यक्रममा नेपाली सांस्कृतिक झल्को दिने विभिन्न सांगीतिक प्रस्तुति, दोहोरीमा रमाइलो तथा छमछम नृत्यको विशेष प्रस्तुति हुने आयोजक पक्षले जानकारी दिएको छ। कार्यक्रममा नेपालका चर्चित लोक दोहोरी गायक मानसिङ् खडका र पबित्रा काफ्लेका साथै, स्थानीय कलाकारहरूको मनोरम प्रस्तुतीकरणले साँझलाई थप रोचक र आकर्षक बनाउनेछ। दशैं, तिहारको अवसरमा शुभकामना आदानप्रदान गर्दै आपसी मेलमिलाप र सद्भावना बढाउने यो सुनौलो अवसरमा सम्पूर्ण क्यानाडावासी नेपाली समुदायलाई सहभागिताका लागि सादर निमन्त्रणा गरिएको छ।

उक्त कार्यक्रम अक्टोबर ६, २०२४ आइतबारका दिन क्विन प्यालेस व्यान्क्वेट हल, स्कार्बोरो, टोरोन्टोमा साझ ५ बजे देखि राति १० बजेसम्म हुनेछ।

नेपलिज क्यानाडियन कम्युनिटी सर्विसेस  (NCCS) ले दशैं, तिहारको रमाइलो तथा नेपाली संस्कृति मनाउन चाहने सबै नेपाली समुदायलाई कार्यक्रममा सहभागि भई यो विशेष साँझलाई संगै मनाउन अनुरोध गरेको छ।
कार्यक्रममा परिवार र साथीभाइहरूसँगको रमाइलो समय बिताउन पाउने यो अवसरलाई नगुमाउन NCCS ले आग्रह गरेको छ।

नेपाली समुदायको एकता, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा नेपाली संस्कृति र चाडपर्वलाई मनाउन चाहने सम्पूर्ण नेपाली मनहरु उपस्थित हुन सकिने NCCS ले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here