अमेरिकामा हिन्दु विश्वकर्मा समुदायद्वारा वृहत धार्मिक ज्ञान महायज्ञ हुँदै

0
373

अर्जुन प्रधान

हिन्दु विश्वकर्मा समुदाय अमेरिकाले २०२४ को सेप्टेम्बर १३ देखि १५ सम्म संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको SW Ema स्थित १३८३१ नेशनल रोडमा भव्य धार्मिक ज्ञान महायज्ञ हुने भएको छ।

उक्त धार्मिक ज्ञान महायज्ञ विश्व शान्ति र आध्यात्मिक ज्ञानको विजारोपण गर्ने पवित्र उद्देश्यले आयोजित हुने भएको हो । यस आयोजनाले विभिन्न समुदायमा रहेका सदस्यहरूलाई एकत्रित गर्ने महत्वपूर्ण अवसरको रूपमा हेरिएको अध्यक्ष अर्जुन शंकरले बताउनु भयो ।

कार्यक्रममा भगवान् विश्वकर्मा, जो सृष्टिकर्ता र निर्माणको देवता मानिन्छन्, उनको पूजा आरधना गर्ने र “श्रिमद् विश्वकर्मा महापुराण” तथा “ज्ञान महायज्ञ” जस्ता विशेष धार्मिक अनुष्ठानहरू पनि समावेश गरिने भएको छ । यस धार्मिक ज्ञान महायज्ञमा सम्माननीय पण्डित अर्जुन शंकर र पण्डित सहदेव बराहलीजस्ता विद्वान् गुरुहरुको मुखराविन्दबाट प्रवचन हुने उपाध्यक्ष विष्णु रामदामले बताउनु भयो ।

उक्त पवित्र कार्यको उद्देश्य भनेको विश्व शान्तिको कामना सहित भगवान विश्वकर्माको मन्दिर निर्माणको निम्ति पहिलो पटक समुदायमा कार्यक्रमको “ ज्ञान महायज्ञमा पूजा, पाठ, भजनकीर्तन अगायत आध्यात्मिक र सांस्कृतिक गतिविधिहरूको आयोजना हुने भएको छ, जसले सांस्कृतिक एकता र आध्यात्मिकतालाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आयोजकको बिश्वास छ । “

आयोजना गरिएको ज्ञान महायज्ञलाई अविस्मरणीय बनाउन आयोजकहरूले सबैलाई उपस्थित भई कार्यक्रम सभ्य र भव्य रुपमा सफल बनाउनको लागि आग्रह गरेका छन् ।

थप जानकारीको लागि आयोजकलाई

+१ (९१३) २९३-८५२०, (६१४) ४०४-४२५१, वा (७१३) २६९-०००८ मा सम्पर्क गर्न सक्नुहुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here