किरण बालप्रतिभा अनुइहा तामाङको लागि समर्थनको आह्वान: ‘द भ्वाइस किड्स – सिजन ३’

0
75

अर्जुन प्रधान

अमेरिका, हैरिसबर्ग निवासी प्रतिभाशाली गायिका अनुइहा तामाङले नेपालको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को जूनियर संस्करण ‘द भ्वाइस किड्स – सिजन ३’को युद्ध चरणमा प्रवेश गरेकी छिन्। निर्णायक मतदान चरणमा पुगेकी अनुइहा तामाङलाई समर्थन गर्न विभिन्न कलाकार, संस्था, र व्यक्तिहरू एकत्रित भएका छन्।

गीतकार/सामाजिक कार्यकर्ता अगम गुरुङले हालैको कुराकानीमा भने, “अनुइहा तामाङ एक उज्यालो, हाम्रो समाजको एक चम्किलो तारा, तथा प्रतिभाशाली बाल गायिका हुन्। विगतमा  ‘द भ्वाइस किड्सले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरूलाइ  जन्माएको छ, र अहिले अनुइहा तामाङलाई विजेता बनाउने समय आएको छ। उनी अहिले मतदान चरणमा छिन् र उनलाई समर्थन आवश्यक छ। प्रत्येक मत महत्त्वपूर्ण छ।” गुरूङले थप्दै खुशि ब्यक्त गरे । 

प्रतियोगितामा अनुइहालाई उनको स्थान सुरक्षित गर्न सहयोग गर्न, अमेरिका र अन्य देशहरूका समर्थकहरूलाई मतदान गर्न प्रोत्साहित गरिन्छ। तर, मतदानका मोबाइल एपहरू जटिल भएका कारण, अमेरिकाका समर्थकहरूले अनुइहाका अभिभावक सीता गुरुङ तामाङ र ओमराज तामाङको बैंक खातामा पैसा स्थानान्तरण गरेर सहयोग गर्न सक्छन्। हरेक मतको लागत कम डलरमा हुने र स्थानान्तरण गरिएको रकम उनका अभिभावकहरूले उनको तर्फबाट मतदान गर्न प्रयोग गर्नेछन्।

http://www.Karmaspa.com

ग्राण्ड फिनाले अगस्टमा हुने भएकाले समयको अभाव छ। सार्वजनिक रूपमा उदारतापूर्वक योगदान गर्न आग्रह गरिएको छ ताकि अनुइहाको सफलताको सुनिश्चितता गर्न सकियोस्। “यो बालबालिकाको रियालिटी शो भएकाले, ग्राण्ड फिनाले अगस्टमा हुनेछ, त्यसैले मतदान गर्न थोरै समय छ। सबैलाई सहयोग गरेर योगदान गर्न आग्रह गरिन्छ,” गुरुङले जोड दिए।

भूटानी समुदाय र अन्य धेरै समर्थकहरू अनुइहालाई जिताउन उत्सुक छन्। तपाईंको समर्थन र योगदानले यस बाल कलाकारलाई उनको सपना पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here