चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को ‘आँखै रसिलो’ गीत काठमाडौंमा सार्वजनिक

0
69

अर्जुन प्रधान

नेपाली कथानक चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को ‘आँखै रसिलो’बोलको गीत को भिडियो काठमाण्डू मा सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा गायिका अस्मिता अधिकारी र गायक सविन सुवेदीले स्वर दिनुभएको छ भने गीतको भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन छ ।
गीतमा मुख्य कलाकार रोशन श्रेष्ठ र आयुशा समालसँगै मेरो डान्स युनिभर्सकी विजेता खुशी कार्की, नारायण प्रधान, ‘डान्स इण्डिया डान्स’ फेम्ड नरेशवीर सिंहलाई फिचर्ड गरिएको छ ।

मित्र प्रधान उर्फ नर प्रधान एक भुटानी लेखक तथा यस चलचित्रका कथाकार तथा निर्देशक हुंन् । यस चलचित्रलाइ पढ्कथा तथा लेखनमा शिबम अधिकारीको रहेको छ । प्रधानको निर्देशनमा बनेको यो चलचित्र अमेरिका लगायत विभिन्न देशहरू लगायत नेपाल, बर्मी , भुटानको दृश्य समावेश गरेको कलाकार नारायण प्रधानले बताए । 

उक्त चलचित्रमा नेपाली भाषीहरूको कथा- ब्यथाहरूलाइ चलचित्रमा राखिएको छ । नेपालका चर्चित्र कलाकारहरू रोशनश्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ, विजय बराल, आयुशा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबंशीको अभिनय छ ।

नेपाली कथानक चलचित्र ‘यो मन त मेरो नेपाली हो’ चाडै नेपालको विभिन्न हलहरूमा प्रर्दशन हुने र अमेरिका लगायत अन्य मुलकहरूमा पनि देखाउने कलाकार नारायण प्रधानले जानकारी दिएका छन् । उक्त चलचित्रको सबै कामको तयारि भइसकेको र हलहरूको लागि तारिक पर्खिरहेको निर्देशकले हामीलाइ बताएका छन् । यस चलचित्रलाइ छांयकन शैर्व लामाले गरेका छन् । 

https://youtu.be/XS-ehJ_xWYQ?si=mvyheqzAWiVo18g8

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here