तेल भिसा’को प्रदर्शन मिति तय

0
88
बिपिन कार्की अभिनीत फिल्म ‘तेल भिसा’को प्रदर्शन मिति तय भएको छ। आइतबार बेलुका निर्माताहरूले फस्टलुक पोस्टर सार्वजनिक गर्दै मंसिर ७ गते फिल्म रिलिज हुने घोषणा गरेका हुन्।

फिल्मको पहिलो चरणको छायांकन अमेरिकामा भएको थियो। सोमबारदेखि नेपालमा दोस्रो चरणको सुटिङ सुरु हुनुअघि प्रदर्शन मिति तय गरिएको हो।

पोस्टरमा अभिनेता विपिन कार्कीलाई जवान र वृद्ध गरी दुई फरक भूमिकामा देखाइएको छ। पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे, र पूजा लामासहित अमेरिकी कलाकारहरू पनि छन्।बुद्धि तामाङ पनि शीर्ष भूमिकामा रहेको बताएको छ ।

निर्देशक शंकर घिमिरेका अनुसार उपयुक्त मिति लागेर नै मंसिर ७ गते प्रदर्शनको घोषणा गरिएको हो। वेलडन क्रियसनको ब्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको यस फिल्ममा अनिश पाण्डे र शिवराज कार्कीले लगानी गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here