रमेश प्रसाई र नेपाली पत्रकारहरुविच साक्षात्कार

0
92

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सह प्रवक्ता रमेश प्रसाई र अमेरिकाको टेक्सासमा रहेका नेपाली पत्रकारहरुविच साक्षात्कार भएको छ । अमेरिकामा स्थापित नेपाली संचारकर्मीको साझा संस्था रिपोर्टर्स क्लब अमेरिकाद्वारा आयोजित साक्षात्कार कार्यक्रममा प्रमुख अतिथीका रुपमा सहभागी रास्वपा सह प्रवक्ता प्रसाई र टेक्सासमा रहेका नेपाली पत्रकारहरु विच भेटघाट सहितको साक्षात्कार कार्यक्रम सम्पन्न भएको हो ।


टेक्सासको युलेश स्थित मन्त्र रेस्टुरेन्टमा आयोजित कार्यक्रममा प्रमुख अतिथी प्रसाईले उनको अमेरिका यात्रा र समसामयिक राजनितिक अवस्था सम्बन्धमा पत्रकारले राखेका जिज्ञासाहरुमाथी जवाफ मार्फत प्रकाश पारेका थिए । पार्टी सभापती रवि लामिछानेमाथिका आरोपको खण्डन गर्दै प्रसाईले यस विषयमा संचारगृह र संचारकर्मी स्वयं पनि पारदर्शी हुनु पर्ने धारणा व्यक्त गरेका छन् ।
रिपोर्टर्स क्लब अमेरिकाका अध्यक्ष संचारकर्मी किशन रेग्मीको सहजिकरणमा सम्पन्न कार्यक्रममा प्रसाईले अमेरिका लगायत प्रवासमा रहेका नेपाली तथा उनिहरुका सन्तानले राजनितिक बाहेकका सबै अधिकार मातृभूमिमा पाउनु पर्ने व्यवस्थाका लागि रास्वपा गम्भिर रहेको बताएका छन् ।

प्रखर वक्ताका रुपमा नेपाली संचारकर्म हुँदै राजनितिमा प्रवेश गरेका प्रसाईले पत्रकारहरुसंग आफ्ना संचारकर्म र राजनितिक यात्राका बारेमा संक्षिप्त अनुभव साटेका थिए । उनको यस पटकको आफ्नो अमेरिका यात्रा विशुद्ध सामाजिक कार्यका लागि भएको बताएपनि रास्वपा राजनितिमा शिर्ष पदिय हैसियत राख्ने प्रसाईको यस भ्रमणलाई अमेरिकाका रहेका अधिकांश नेपालीले राजनितिक दृष्टिकोणले नै हेरेका छन् । साक्षात्कार कार्यक्रममा पनि उनको सामाजिक अभियान भन्दा ज्यादा जिज्ञासा राजनितिक धारणामा केन्द्रित देखिन्थ्यो । साक्षात्कार कार्यक्रममा टेक्सास क्षेत्रका नेपाली संचारकर्मी तथा सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो ।

श्रीमती नन्दा सिंह ठकुरी सहित केही दिन पहिले अमेरिका आएका प्रसाई नेपालका अनाथ बालबालिकाको सहयोगार्थ फण्ड रेईजिङ्ग कार्यक्रम लिएर अमेरिका आएका हुन् । प्रसाई पत्नी नन्दा संचालक रहेको ईनर भिजन नेपालको कार्यक्रमका लागि रकम संकलनमा सहयोग गर्न अमेरिका आएका प्रसाई दम्पत्तीले शनिबार विहान टेक्सासको युलेश स्थित नेपाली मन्दिरमा फण्ड रेईजिङ्ग कार्यक्रम समेत सम्पन्न गरेका छन् । जसमा बालबालिका लागि रकम संकलन भएको छ ।

ईनर भिजनद्वारा आयोजित बालबालिका लक्षित च्यारिटेवल कार्यक्रमका लागि आएका प्रसाई र उनकी श्रीमती नन्दाले ईनर भिजन नेपालको उदेश्य, आवश्यकता, अवस्था र चुनौतीमाथी प्रकास पारेका थिए ।

नेपाली समाज टेक्सास लगायत समाज संवद्ध व्यक्तीहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रमबाट दाताहरुबाट रकम संकलन भएको छ । प्रसाईका अनुसार संकलित रकम खाँचोमा परेका बालबालिकाको सेवामा खर्च गरिने छ । खाँचोमा परेका मानिसहरूको सेवा गरेर आत्म–सन्तुष्टि प्राप्त गर्न सकिन्छ“ भन्ने विश्वासका साथ स्थापित इनर भिजन नेपाल आफ्नो जन्मदेखि नै आमाबाबुबाट वञ्चित बालबालिकाहरूलाई मद्दत गर्न विशेष रूपमा समर्पित छ। प्रारम्भिक चरणमा चार जना बालबालिका लिएर संचालन आरम्भ गरिएको इनर भिजन नेपालको बाल गृहमा बालबालिकाको संख्या बृद्धी हुँदै गहिरहेको छ । तर बालगृह संचालनका लागि आवश्यक रकम अभावका कारण समस्यामा रहेका थप बालबालिकाको उचित सेवामा समस्या देखिदैं आएको छ । जसका लागि ईनर भिजन नेपालले टेक्सासमा रकम संकलन सहितको कार्यक्रम राखेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here