पञ्चगव्य हवन धुपको आम्दानीले जमुना र सुनिताद्वारा सडकमानवलाई भोजन सेवा

0
345

पञ्चगव्य हवन धुपको विक्रीबाट प्राप्त आम्दानीले जमुना अधिकारी र सुनिता थापाद्वारा सडकमानवलाई भोजन सेवा गराउन सहयोग गर्नुभएको छ । उहाँहले आज जेष्ठ २८ गते काठमाडौंको विभिन्न सडकपेटी, पुलमूनी ढलको पाइपभित्र बस्ने मानिसहरुलाई भोजन सेवाका लागि खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ । उक्त हवन विक्रीबाट संकलित पहिलो रकम काठामाडौंका विभिन्न सडकपेटी, पुलमुनी र ढलको पाइपभित्र भोक भोक रात बस्न बाध्य हुनुभएका सयौं दुःखी गरीबहरुलाई भोजन गराउनका लागि सहयोग गर्नुभएको हो ।

https://www.facebook.com/profile.php?id=61563821770035

५ वर्षदेखी भोजन सेवा लगायत अन्य सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएका युवा समाजसेवी प्रदिप घिमिरेलाई सहयोग उपलब्ध गराउनुभएको थियो । उहाँहरुले खाद्यान्न सामग्री बत्तिसपुतलीमा रहेको खाना बनाउने ठाउँमै लगेर सहयोग हस्तान्त्रण गर्नुभएको छ ।

बत्तिसपुतलीमा रहेको सडकमानका लागि खाना बनाउने सटरमा सुनिता थापा र जमुना अधकारी

सबैलाई भोजन सेवा जस्तो पवित्र कार्यमा आफ्नो व्यापार व्यावसाय तथा अन्य क्षेत्रबाट स्वस्फूर्त रुपमा सहयोग गरिदिनुहुन अपिल समेत गनुभएको छ । प्रत्यक्ष सहयोग गर्न चाहनुहुने व्यक्तिहरुले ९८४१ १४१४६८ (9841 1414 68) मा प्रदिप घिमिरेलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

पञ्चगव्य हवन के हो ?

पूर्विय दर्शन अनुसार विशेषत सनातन धर्ममा गाइको विशेष महत्व रही आएको छ । गाइको शरीरबाट मानिसका लागि अत्यन्त पोषिलो र शक्तिवर्धक दुध प्राप्त हुने हुँदा गाइलाई माता मानेर गौमाता एवम् लक्ष्मी माता भनिन्छ र विभिन्न कार्यहरुमा गाइको पूजा गर्ने चलन पनि छ । जन्म देखी मृत्युसम्म गाइको आवश्यता हुन्छ । गाइको दुधबाट दही, मही, घ्यू, पनिर लगायत विभिन्न मिष्ठान्न परिकारहरु बन्ने गर्दछन् । शक्ति प्राप्त गर्ने हुँदा गाई पूजनीय हुनु स्वाभाविक नै हो । स्वादिलो दुध र दुधका परिकार बाहेक पनि गाईबाट अर्को महत्वपूर्ण कुरा प्राप्त हुन्छ । गाइबाट हामीले दुध, दही, घ्यू, गोबर र गोमूत्र प्राप्त गर्न सक्दछौं । गाइको दुध, दही, घ्यू, गोबर र गोमूत्रको संयोजन नै पञ्चगव्य हो ।पञ्चगव्य विभिन्न धार्मिक कार्य सम्पादनमा अनिवार्य आवश्यक कुरा हो र त्यसबाहेक विभिन्न औषधीय प्रयोग पनि हुने गरेको पाइन्छ ।  पञ्चगव्य विभिन्न धार्मिक कार्य सम्पादनमा अनिवार्य छ ।

पञ्चगव्य नाम रहन गएको कारण पञ्चगव्य गाइको दुध, दही, घ्यू, गोबर, गँउत लगायतका तिल, जौ, गोकुलधुप, कपुर र अन्य विभिन्न जडिबुटीहरुको समिश्रणबाट बनाइएको धुप हुनाले यस धुपको नामाकरण पञ्चगव्य रहन गएको हो ।

दुध

दुध एक पोषक तत्वयुक्त सेतो तरल पदार्थ हो जुन पोथी स्तनपायी प्राणीहरूको स्तन ग्रंथिहरूले उत्पादन गर्दछ । दुध यस्तो अमृतत्व वस्तु हो अझ भन्ने हो भने त मानवीय जीवन नै दुधबाट सुरु हुन्छ । यस धर्तीका प्रायत हरेक प्राणीलाई दुधको आवश्यकता पर्दछ । पशु प्राणीहरुमा पनि दुधको अत्यन्तै महत्व रही आएको छु । हरेक शुभ कार्यमा दुधको आवश्यकता पर्दछ । भगवानका मन्दिरहरुमा पनि गाइको दुध चढाउने प्रचलन रही आएको छ । अझ कालो गाइको दुध त अमृत सम्मान मानिन्छ ।

दही

दही संसारभरि नै स्वास्थ्यबद्र्धक भोजनमध्ये एक मानिन्छ । यो पाचन प्रक्रिया र अम्लपित्तमा प्रभावकारी मानिन्छ। यसले शरीरलाई रोगबाट टाढा राख्छ र स्वास्थ्य एवं दीर्घायु बनाउँछ। यो बालवृद्धा सबैका लागि सजिलै पचाउन सकिने अति उपयोगी खाद्य पदार्थ हो । अझ गर्मी मौसममा त दहीलाई अमृत सम्मान मानिन्छ । त्यही भएर दहीलाई अति पवित्र मानिन्छ । हरेक शुभ कार्यमा दहीको प्रयोग गरिँदै आएको छ ।

घ्यू

घ्यू स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छन् । घ्यूमा पाइने गुण र पोषक तत्व शरीरका थुप्रै रोगबाट रक्षा पनि गर्छ । घ्यू हरेक पुजा आजाका लागि अतिनै अपरिहार्य छ । घ्यू को धुप बाल्दा वातावरणमा भएका नकारात्मक किटाणुहरुलाई पनि नष्ट पार्नै विभिन्न शास्त्रहरुले बताउँदै आएका छन् । घ्यू शक्तिवर्धक वस्तु भएको हुँदा देव कार्य तथा पितृ कार्य सबैका लागि अत्यावश्यक रही आएको छ ।

गोबर

परापूर्व कालदेखी नै गाइको गोबर प्रयोग गरिँदै आएको लामो इतिहास छ । गाई यस्तो जनावर हो जसको शरीरमा ३३ कोटी देवी देवताले बास गरेको हुन्छ भनेर विभिन्न शास्त्रहरुमा उल्लेख गरेको पाउँछौं । जन्म देखी मृत्यूसम्म गाइको आवश्यकता हुन्छ । भगवान श्रीकृष्ण त गाइको गोठालो नै हुनुहुन्थ्यो । देवाद्य्यदेव भगवान श्री महादेवको बाहान नै नन्दि हुनुहुन्छ । अहिले पनि पशुपतिमा प्रत्येक महिना भगवान् श्री महादेवको नाममा एउटा नन्दी छोडिने प्रचलन रही आएको छ ।

गाँउघरतिर घरलाई लिप पोत गर्नका लागि गाइको गोबरको प्रयोग गरिन्थो भने अहिले पनि गाइको गोबरबाट नै घर लिपपोत गर्ने गरिन्छ । गाइको गोबरले लिपपोत गरेर हरेक कार्य गर्ने स्थानलाई पवित्र बनाइन्छ र कार्य थालनी गरिन्छ । गाइको गोबरलाई पवित्र वस्तुको रुपमा लिइने गरिन्छ । जन्मेदेखी मृत्‍युसम्म हरेक कार्यमा गाइको दुध, दही, घ्यू, गँउत र गोबर चाहिन्छ । गाइको गोबरले विभिन्न प्रकारका किटाणुहरु नष्ट पार्न सक्ने शक्ति हुन्छ । जसले नकरात्मक वस्तुहरुलाई हटाउने कार्य गर्दछ ।

गोमुत्र (गाइको मूत, गउँत)

गउँत आफैमा एक धौषधीय गुण भएका अत्यन्तै लाभदायक वस्तु हो । गोमुत्र यानिकी गउँत विभिन्न प्रकारका रोग विनारका लागि महत्वपूण वस्तु हो । मानिसका लागि त गउँत अमृतसम्मान छ । सनातन हिन्दु धर्म अनुसार त जुठो, सुतकमा गाइको गउँत अनिवार्य छ । चोख्याउनका लागि गउँत अनिवार्य नै छ । वैज्ञानिकहरुले पनि गउँता विशिष्ट गुण रहेको बताउँदै आएको कुरा विभिन्न जर्नहरुमा प्रकाशित हुँदै गरेका आएका छन् । फलफूल तथा तरकारीकमा लाग्ने विभिन्न प्रकारका किटाणुहरु निवारणका लागि पनि गउँतलाई प्रभावकारी रुपमा लिइन्छ ।

आगोको लप्कोझैं विश्वभर फैलिएको कोरोनाबाट बच्नका सकिने दाबी गर्दै भारतको विश्व हिन्दू महासभाले गोमूत्र सेवन कार्यक्रम नै आयोजना गरेको थियो ।

डा. राजन ज्ञवालीका अनुसार “गोमूत्र उष्ण, तीक्ष्ण, कटु, लघु, क्षारीय गुण युक्त हुँदा यसले कफ र वात दोष शमन गर्दछ साथै यसको प्रयोग दीपन, लेखन, पाचन, अनुलोमन, मलशोधन, आमपाचन आदि कर्मका लागि प्रयोग गर्न सकिन्छ ।

गोमूत्रमा ९५ प्रतिशत पानी, २/५ प्रतिशत युरिया र बाँकी २/५ प्रतिशतमा विभिन्न लवण, क्षार आदि हुन्छन् । आयुर्वेदका ग्रन्थहरुमा पेटका रोगहरु, छालारोग, मानसिक रोगहरु आदिमा प्रयोग हुने विभिन्न औषधिहरुको निर्माणमा गोमूत्रको प्रयोग भएको हुन्छ । आयुर्वेदका प्राचीन ग्रन्थमा बताइएका प्रयोग बाहेक अन्य विभिन्न रोग व्याधिमा पनि गोमूत्रको प्रयोगबारे अध्ययन अनुसन्धान चलिरहेका छन् । क्यान्सरको उपचारमा प्रयोग गरिने औषधिको साथमा गोमूत्रको प्रयोगले औषधिको प्रभावकारिता बढाई औषधिको मात्रा घटाउन सहयोग पुगेको र औषधिको कारणले हुने नकारात्मक प्रभाव घटाउन मद्दत गरेको एक अनुसन्धानले देखाएको छ। 

उक्त अनुसन्धान कार्यलाई अमेरिकी प्याटेन्ट प्राप्त भएको छ । यसैगरी भारतमा गरिएको एक अनुसन्धानमा मोटोपना भएका व्यक्तिमा ३ महिना गोमूत्र प्रयोग गर्दा मोटोपनाका विभिन्न मानक उल्लेख्य रुपमा घटाएको पाइएको छ ।”

गोमूत्रको अर्क क्यान्सर, एड्स, छालाको रोग जस्तै: सोरायोसिस र अन्य चर्म रोग निको हुने भन्दै अमेरिकामा समेत यसको दुई ओटा पेटेन्ट दर्ता छ । हाल तिनै रोगको ओखतीको रूपमा गौँतको अर्कको ट्याब्लेट र क्याप्सुल समेत बनेका छन् ।

अमेरिकी प्याटेन्ट

पूर्वीय धर्म दर्शन तथा आयुर्वेदमा गोमूत्र र गोबरको औषधीय गुण रहेको मान्यता रहिआएको छ ।

पञ्चगव्य हवन कसरी रहन गयो भन्ने हाम्रो प्रश्नमा सुनिता थापा भन्नुहुन्छ:

              सुनिता थापा

“गाइका पाँच तत्वहरु दुध, दही, घ्यू, गौमुत्र (गउँत) र गोबर लगायत जौ, कालो तिल, धान, लगायत विभिन्न प्रकारका नेपाली जडिबुटीहरुको मिश्रण गरी बनाइएको हुनाले यस धुपको नाम पञ्चगव्य हवन राखिएको हो । पञ्चगव्यको प्रयोगले वातावरण सफा हुने हुँदा मानव स्वास्थयका लागि पनि लाभदायी हुने बताउँदै आएको कुरा विभिन्न अन्तराष्ट्रिय जर्नलहरुमा उल्ललेख गरिएको छ । पञ्चगव्य हवन हरेक मठ, मन्दि, घर, पसल, व्यपार, व्यवसाय लगायत अन्य देव कार्य तथा पितृ कार्यका लागि अत्यन्तै उपयोगी रहेको छ । यो धुप वातावरया मैत्री पनि भएको हुँदा यसले वातावरण भएका नकारात्मक उर्जाहरुलाई निर्मूल पारी सकारात्मक उर्जा प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।”

पञ्च गव्य हवनका फाइदाहरु बताउँदै जमुना अधिकारी भन्नुहुन्छ:

जमुना अघिकारी

“पञ्चगव्य हवनमा कुनै पनि प्रकारको रसायन (केमिकल) को प्रयोग नगरी विशुद्ध दुध, दही, घ्यू, गौमुत्र (गउँत गाइको मुत्र) र जौ, तिल, धान लगायत विभिन्न प्रकारका जडिबुटीहरुको मिश्रण गरे उत्पादन गरिएको हुँदा यो अत्यन्तै लाभदायी छ । यसले झिँगा, लामखुट्टे, भुसुना लगायत किराहरुको अगमन पनि रोकिने र सकारात्मक उर्जा पैदा हुने भएको हुँदा एक पटक प्रयोग गर्न आग्रह गर्दछु ।”

उहाँहरुले पञ्चगव्य धुप हालसम्म पेप्सिकोलमा रहेको सुनिता थापाको निवासमै बनाउँदै आउनुभएको छ । भने विक्रिवितरण कार्य भने पेप्सिकोलामा अवस्थित पल्पसा कलेक्सनबाट गर्दै आउनुभएको छ । पञ्चगव्य हवन धुप नेपालका विभिन्न जिल्ला अगायत विदेशमा पनि विक्री गर्दै आउनुभएको छ । स्वदेश तथा विदेशमा यस धुपको माग बढ्दो क्रममा रहेको जमुना अधिकारीले जनाउनुभएको छ ।
उहाँहरुले यस धुपको अनलाइन विक्री कार्य पनि गर्दै आउनुभएको छ । अनलाइन अडरको लागि उहाँहरुले आफ्नो सम्पर्क नं. पनि खुल्ला गर्नुभएको छ । उहाँहरुको अन्लाइन नं. ९८४१ ७३८८ ३४ र ९८४२ ६९६५ ६४ रहेको छ ।

पञ्च गव्य हवनका फाइदाहरु

१. ध्यान गर्दा र पढ्‌दा एकाग्रता बढाउँछ ।

२. वास्तु दोष निवारण गर्छ ।

३. नकारात्मक उर्जा बाहिरिई सकारात्मक उर्जा पैदा हुन्छ ।

४. स्वास्थ्य र मस्तिष्कलाई ताजा राख्छ ।

५. अक्सिजनको मात्रा बढाउँछ ।

६. लामखुट्टे, भुसुना र किरा फट्‌या‌ङ्ग्रा हटाउँछ ।

७. बोटबिरुवामा मलको काम गर्छ ।

८. दैनिक हवन हुन्छ ।

९. कुनै पनि धार्मिक कार्यमा नभई नहुने उपयोगी वस्तु पञ्च गव्य (जस्तैः जुठो सूतक (आशौचादि), विवाह, व्रतबन्ध, जप, तप, यज्ञ, दैनिक पूजामा अपरिहार्य)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here