केआरएसए टेक्सास च्याप्टरले भूमि-पूजा सहितको ‘साकेला-उभौली’ पर्व मनाउँदै

0
81

किराँत राई सोसाईटी अफ अमेरिका (केआरएसए) टेक्सास च्याप्टरले भूमि पुजा तथा साकेला उभौली कार्यक्रमको आयोजना गर्ने भएको छ । केआरएसए टेक्सास च्याप्टरले आउँदो जुन २ तारिक आईतबारका दिन टेक्सासको अर्लिङ्गटनमा मौलिक संस्कृति प्रदर्शन सहितको भूमि पुजा तथा साकेला उभौली कार्यक्रम गर्ने भएको हो ।

साकेला उभौली यलेदोङ्ग ५०८४ नामक यस कार्यक्रम आईतबार विहान ११:00 बजेबाट सुरु हुनेछ । साँझ ६ बजे समापन हुने ७ घण्टा लामो कार्यक्रमका बारेमा केआरएसए टेक्सास च्याप्टर अध्यक्ष दिलिप राइद्वारा जारी सूचनामा उल्लेख भए अनुसार विगतका वर्षहरुमाझैं यस वर्ष पनि प्रकृति पुजक किराँत राई समुदायले विविध कार्यक्रमका साथ अमेरिकाका विभिन्न राज्यमा मनाइँदै आएको पर्व हो । भूमि र सभ्यतासँग सम्बन्धित यस पर्व साकेला उद्यौली र साकेला उभौली गरी वर्षको दुई पटक मनाइने गरिन्छ ।

आयोजक संस्थाले सो दिन उपस्थित भै भूमि पुजाको प्रसाद ग्रहण तथा साकेला उभौलीको सांस्कृतिक र मौलिक प्रदर्शनी तथा शुभकामना आदान प्रदान कार्यक्रममा सरिक हुनका लागि टेक्सासबासी नेपाली समुदायलाइ अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here