जेष्ठ ८: इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले “इन्ट्रा कप २०२४” को आयोजना गेर्ने भएको छ । फाउण्डेसका अध्यक्ष डिल्ली अधिकारीले “इन्ट्रा कप २०२४ “ मिति घोषणा गरेका छन् । जुलाई ४ देखी ७ सम्म ४ दिन हुने फुटबल प्रतियोगिता सँगै मेला महोत्सव पनि समावेश गरिने भूटनीज न्यूजलाई जानकारी दिएका छन् । अधिकारी आफैं पनि खेलकुदमा विशेष चासो राख्ने व्यक्ति हन् ।
‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका‘ले विगतका वर्षहरुमा पनि, भाषा, साहित्य, कला, संस्कृति, खेलकुद लगायत विभिन्न सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । फाउण्डेसनले शिविरमा रहेका वृद्ध, शारीरिक तथा मानसिक अवस्था फरक रहेका व्यक्तिहरुलाई मासिक भत्ता, औषधोपचार लगायत बालिबालिकाको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्नुका साथै विभिन्न रियालिटी सो आयोजना गर्दै आएको छ ।
चौथो संस्करणमा आउँदै गर्दा अस्ट्रेलियाबाट पनि पहिलो पटक टिम सहभागी हुँदैछ भने क्यानडा यस अघिबाट नै सहभागी भइसकेको छ । पुनर्वास कार्यक्रम अन्तर्गत नेपालीभाषी भूटानीहरु रहेको अन्य देशबाट पनि सहभागी हुन सक्ने सम्भावना रहेको छ डिल्ली अधिकारीले जनाएका छन् । तर “इन्ट्रा कप २०२४ “ को पुरस्कार राशी र आयाजना हुने स्थान भने अहिले खुलाइएको छैन ।
अध्यक्ष अधिकारी अमेरिकामा होस् या नेपालमा छोटो समयमा हुँदै गर्दा पनि उनी शिविर सम्म पुगेर स्थानीयहरुसँग खेल खेल्न सम्म समय मिलाउने गर्दछन । केही महिना अघी मात्र उनी पथरी शनिश्चरे क्याम्पको खेल मैदानमा स्थानीयसँग दुई दिन समय निकाल्दै मैत्रीपूर्ण खेल खेलेका थिए भने स्थानीय पथरीका युवाहरुलाई प्रिमियर लिगमा नगद रु. १५ लाख सहयोग गरेका थिए ।