भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईलाई

0
138

काठमाण्डू, प्रोमोद प्रधान

भ्वाइस अफ नेपाल सिजन  को उपाधि बिनोद राईले हात पारेका छन्  शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमाआयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जिते 

बिजेता राईले कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्छन्  मकरबहादुर योन्जन फस्ट रनरअपकुमार प्रयास राई सेकेण्ड रनरअप नोगेन लिम्बु थर्ड रनरअप घोषित भए 

उपाधिका लागि चार फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो  दर्शकको सर्वाधिक भोटको आधारमा बिनोदले उपाधि जितेकाहुन्  जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् 

binod_rai2.jpg

हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषाल लगायतका अतिथिले विजेतालाई पुरस्कार प्रदान गरे 

फिनालेमा कोच मिलन नेवारउदय सोताङप्रमोद खरेल  राजेशपायल राईले आफ्नो टीमका फाइनलिस्टसँगै प्रस्तुति दिए 

भ्वाइसको पाँचौ सिजनका अन्तिम १२ का प्रतिस्पर्धीसहित हिमालय लोकस्टारका जजले पनि सांगीतिक प्रस्तुति दिए  कोच फाइनलिस्टले प्रस्तुति दिँदा फिनालेको माहोल रोमाञ्चक बनेको थियो 

चर्चित लोक तथा दोहोरी गायक राजु परियार  बद्री पँगेनीले पनि प्रस्तुति दिए  भ्वाइसको पहिलो सिजनका विजेता सीडी विजयअधिकारीले आफ्नो हिट गीत ‘दूरी मजबूरी’ गाएर दर्शकलाई जुरुक जुरुक पारे 

ग्राण्ड फिनालेको प्रत्यक्ष प्रसारण हिमालय टिभी एचडी  भ्वाइस अफ नेपालको युट्युव च्यानलबाट गरिएको थियो 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here