समाजसेवी मेघ सुवेदी र मनु सुवेदीको दम्पतिबाट जाजरकोटका भूकम्प पीडितलाई २५ लाख नगद हस्त्रान्त्रण

0
289

सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका पवित्र मन भएका वरिष्ठ समाजसेवी दम्पती मेघ सुवेदी र मनु सुवेदीद्वयले अमेरिकाबाट सञ्चालित सामाजिक संस्था सेजल एण्ड सिस्टर एलएलसी सेजल एण्ड सिस्टर टुर्स एण्ड टाभल्सले नेपालको सुदुरपश्चिममा हालचालै गएको विनाशकारी भूकम्पमा परी परिवारका सन्तान गुमाएका पीडित परिवारहरुलाई मेघ सुवेदी आफैं उपस्थित भई आफ्नै हातबाट प्रति व्यक्ति १५ हजारका दरले नगद हस्त्रान्त्रण गर्नुभयो भने घाइते परिवारलाई ५ हजार देखी ८ हजार रुपैयाँ नगद हस्त्रान्त्रण गर्नुभयो ।

सुवेदी दम्पतिले अमेरिकामै बसेर पनि सहयोग रकम सिधै प्रधानमन्त्री राहत कोषमार्फत नै जम्मा गरिदिन सक्नुहुन्थ्यो तर सुवेदीको मनले मानेन । वरिष्ठ समाजसेवी मेघ सुवेदी आफैं पिडित परिवारमा पुगेर दुःखेको घाउमा आफ्नै हातबाट जे जति सकिन्छ मलम पट्टि लगाउँछु भनेर भुकम्पस्थल पुगी नगद हस्तान्तरण गर्नुभयो ।

परोपकारी मनका धनी वरिष्ठ समाजसेवी मेघ सुवेदीको पुण्य कर्ममा साथमा दिन पत्रकार प्रकाश सुवेदी, चलचित्रकर्मी छविराज ओझा, संस्थाका नेपाल प्रतिनिधी एवम् नायक संजित भण्डारी, पत्रकार तथा समाजसेवी राज लुइटेल, निर्माता तथा निर्देशक शंकर घिमिरे, समाजसेवी मोहन थापा, चलचित्र पत्रकार अनुप भटराई, निशा बजगाईं, रचना गौतम, पत्रकार कोमलचन्द्र भगवत, कुबेर तमाङ, मोहमद् जालिम, कलाकार सम्राट थापा तथा पत्रकार हरिहर सिंह राथोर पुगेका जाजरकोट पुगेका थिए ।

भूकम्प पिडितको सत्य तथ्य विवरण उपलव्ध गराउने तथा समन्वयनकारी भूमिकाका लागि स्थानीय समाजसेवी नरबहादुर कार्कीले महत्वपूर्ण भुमिका निर्वाह खेलेका थिए ।

सुवेदीद्वारा सहयोग हस्तान्त्रण कार्यक्रममा सहभागी हुने सम्स्त व्यक्तिहरुले विदेशी भूमिमा रहेर पनि नेपालमा दुःख परेको वेला पीडितहरुको घाउमा मलम लगाउन आउनुभएका समाजसेवी सुवेदी दम्पतीलाई धन्यवाद ज्ञापन गर्नुको साथै उपस्थित सबैले सुवेदी दम्पतिको जयजयकार गरेका थिए ।

भूकम्प प्रभावित क्षेत्रका भूकम्प पीडितहरूले सरकार र दलका नेताले आएर टुलुटुलु मुख मात्र देखाएर सेल्फी खिचेर गइरहेका बेला अमेरिका देखी आएर मेघ सुवेदीले नगद नै सहयोग गरेका देख्दा पीडितहरुले सुवेदीलाई भगवान नै आएर सहयोग गर्नुभएको भनेर बताएका थिए ।

सात समुन्द्र पारीदेखि आएर भूकम्पमा परी घाईते भएका र मृतक परिवारलाई यसरी सहयोग गरेको देख्दा सुवेदी दम्पती प्रति निकै प्रभावित भएको सञ्चारकर्मी प्रकाश सुवेदीले बताएका थिए भने निर्देशक छविराज ओझाले व्यक्तिगत रुपमै ठूलो रकम यसरी पिडितलाई सहयोग गर्नु सुवेदी दम्पत्तीको महानतादेखि आफू निकै भावुक भएको बताएका छन् ।

समाजसेवी सुवेदी दम्पत्तीका छोरीहरू सेजल र सिस्टरले आफ्नो खाजाको लागि छुटाइएको रकम सङ्कलन गरेर नेपालमा रहेका दुःखी, गरीब र समस्यामा परेका हरेक व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेका छन् । उनीहरुको यस्तो पवित्र मन देख्दा हरेकाको मन रसाउँछ । सानै देखी परोपकारी कार्यमा अग्रसर रहेका सेजल र सिस्टर बालबालिकाका लागि प्रेरणाका मुहान बनेका छन् । सुवेदी दम्पती नेपालमा हुने विभिन्न दैवी प्रकोप एवम् दुःख र पीडामा परेका धेरै व्यक्तिहरुलाई आफूले सकेको सहयोग गर्दै आइरहनु भएको छ ।

वरिष्ठ समाजसेवी मेघ सुवेदीको दम्पतीले पूर्वको झापा जिल्लाका विभिन्न स्थानमा निःशूल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आउनुको साथै बेलडांगी शिविरका अपाङ्ग भई जिविकोपार्जन गर्न नसकेकाहरूलाई मासिक एक लाख विस हजार सहयोग प्रदान गर्दै आइरहनु भएको छ ।

ईन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउण्डेसन अफ अमेरिकाका संस्थापक सिएफओसमेत रहनुभएका मेघ सुवेदीले उक्त संस्थाबाट करोडौं बराबरको विभिन्न राहत सामाग्री नेपालका विभिन्न स्थानमा वितरण गर्दै आइरहनु भएको छ ।

सुवेदी दम्पतिले हालै मात्र पर्सा र नवलपुर जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो भने स्नेही काखलाई भवन निर्माणका लागि रु. २१ लाख भन्दा वढि आर्थिक सहयोग गर्नुभएको थियो । उहाँले कोरोना कालले लकडाउन भएको बेला विभिन्न देशका विभिन्न स्थानहरुमा खाना तथा राहत वितरण गर्नुभएको थियो भने मेलम्ची बाढी पिडितका लागि आवश्यक सहयोग गर्दै आइरहनु भएको छ ।

ईन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउण्डेसन अफ अमेरिकाका संस्थापक सिएफओसमेत रहनुभएका सुवेदीले सो संस्थाबाट करोडौं बराबरको विभिन्न राहत सामाग्री नेपालका विभिन्न स्थानमा वितरण गर्दै आइरहनु भएको छ ।

वरिष्ठ समाजसेवी मेघ सुवेदी भन्नुहुन्छ:- “परोपकार पुण्याय” सेवा नै मानवीय धर्म हो, “आफूँ पनि बाँचौं दुःख, पीडा र समस्यमा परेका जो कोहीलाई सहयोग गरौं सबैलाई बचाऔं ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here