समाजसेवी प्रेम गुरुङ र इन्द्र प्रसाद ओलीको सहयोगमा प्रदिपद्वारा विरामीलाई कुशन र नगद प्रदान

0
287

संयुक्त राज्य अमेरिकामा स्थायी बसोबास गर्दै आएका समाजसेवी प्रेम गुरुङ ‘भिष्म’इन्द्र प्रसाद ओली ‘ओली किङ्ग’ ले दुर्घटनामा परी छात्तीभन्दा तलको कुनै पनि अङ्ग नचल्ने प्यारालाइसिस भएर बेडस्वर भएका झापा निवासी हाल काठमाडौंको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचाररथ श्याम आले मगरज्यूलाई २८ हजारको एक थान एयर कुशन र नगद १३ हजार सहयोग गरेका छन् । उक्त सहयोग काठमाडौंमा बसेर समाजसेवा गर्दै आएका रामेछापका युवा समाजसेवी प्रदिप घिमिरे ‘अमूल्य‘ले कार्तिक १६ गते हस्तान्त्रण गरेका थिए । युवा समाजसेवी आम युवाको प्ररणाका श्रोत हुन् । उनीहरुले समस्यामा परेका धेरै व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन् ।

समाजसेवी प्रदिपले घरबारबिहीन भएर सडक पेटी, पुलमुनी, रढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य भएका दुःखी, गरीब, शारीरिक एवम् मानसिक अवस्था फरक भएका व्यीक्तहरुलाई रातको ८ बजे पछिको समयमा तातो खाना खुवाउने गरेका छन् । प्रदिपले २०८० सालको दशैंमा पनि १०३ जना मानिसहरुलाई टीका, जमरा, दक्षिणा र खाना प्रदान गरेका थिए । प्रदिपको भोजन सेवामा विश्वभर भएका सहयोगी भावना भएका व्यक्तिहरुले जन्मदिन, विवाह उत्सव, अन्नप्राशन, पितृहरुको स्मृति एवम् स्वस्फूर्तरुपमा सहयोग गर्ने गर्दछन् । उक्त सहयोगबाट प्रदिपले आफैं खाना तयार गरेर वितरण गर्दै आएका छन् । उक्त अभियानमा अमेरिका निवासी पत्रकार अर्जुन प्रधान, व्यवसायी कर्ण गुरुङ र भीम गुरुङले संयोजन गर्दै आउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here