शरणार्थीद्धारा महासचिव गुटेरेसको ध्यानाकर्षण , स्वदेश फिर्तीको माग

0
84

कात्तिक १४/

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसको नेपाल भ्रमणको मौका छोपेर झापामा शरणागत जीवन भोगिरहेका भुटानी शरणार्थीहरुले स्वदेश फिर्तीसहित आफना मागहरु बारे ध्यानाकर्षण गराएका छन् ।
सोमबार दमक ३ स्थित बेलडाँगी शरणार्थी शिविरमा नाराबाजीसहित प्रदर्शन गर्दै उनीहरुले भुटान फर्किन पाउनुपर्ने आफूहरुको माग पूरा गर्न संयुक्त राष्ट्र संघको ध्यानाकर्षण गराएका हुन् ।
शिविर क्षेत्रमा सयौंको संख्यामा निस्किएका भुटानी शरणार्थीहरुले हात हातमा ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । सो क्रममा शरणार्थीहरुले आफूहरुको समस्या राजनीतिक समस्या भएकाले अन्तराष्ट्रिय जगतबाट राजनीतिक रुपमै समस्या समाधान गर्नुपर्ने माग पनि गरे ।
उनीहरुले आफनो परिवार खण्डित गरेर अहिले आफूहरु घर न घाटको अवस्थामा बाँच्नुपरिरहेको गुनासो सुनाएका थिए ।शिविर व्यवस्थापन समितिको आयोजनामा भएको प्रदर्शनपछिको संक्षिप्त कोणसभामा शिविर सचिव सञ्चहाङ्ग सुब्बाले विविध कारणले गर्दा परिचय पत्रको अभाव झेलिरहेका शरणार्थीलाई परिचय पत्रको व्यवस्था गर्न र परिचय पत्र भएका शरणार्थीका लागि सन २०१८ देखि रोकिएको सहायतालाई सुचारु गर्न नेपाल सरकार, युएनएचसीआर लगायतका निकायसँग माग गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here