मञ्जिल युकेको टिकटक गट ट्यालेन्ट सिजन– ६ मा नृत्य तर्फ शिवदास गुरुङ विजयी

0
101

भदौ २५/
मञ्जिल युकेले आयोजना गरेको टिकटक गट ट्यालेन्ट सिजन– ६ मा नृत्य तर्फ शिवदास गुरुङ विजयी हुनु भएको छ । प्रतियोगिताका बिजयी गुरुङलाई पूर्व प्रधानमन्त्री झलनाथ खनालले नगद एक लाख रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र बितरण गर्नु भएको छ ।
अन्य चार विधामा नेपाली भाषा तर्फ विवेस मोते, साहित्य तर्फ प्रेम मगर, अन्तराष्ट्रिय भाषा तर्फ दिप्ती उप्रेती र संगित तर्फ विकेस लामा विजयी भएको आयोजकले जनाएको छ । बिजेता सबैजनालाई जनहि २५–२५ हजार रुपैयाँ नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यसैगरी भिवर्स छनौटमा चन्द्रकला राईले नगद आठ हजार रुपैयाँ र प्रमाणपत्र, लक्की ड्रबाट छानिएका तीन जनालाई ५–५ हजार नगद र उत्कृष्ट भिवर्स एक जनालाई पाँच हजार नगद प्रदान गरिएको आयोजकले जनाएको छ ।
त्यसैगरी वरिष्ठ साहित्यकार डा. रेणु सोलु, सफल व्यवसायी एवं उद्योगपति प्रकाश सिंह कार्की, हिमालय टिभीका प्रधान सम्पादक राजेन्द्र बानियाँ र पत्रकार बिक्रम श्रेष्ठलाई पनि सम्मान गरिएको मञ्जिल युकेले जनाएको छ ।
चीफ एडमीन अफिसरको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ साहित्यकार डा. रेणु सोलु, सफल व्यवसायी एवं उद्योगपति प्रकाश सिंह कार्की, हिमालय टिभीका प्रधान सम्पादक राजेन्द्र बाँनिया, पत्रकार बिक्रम श्रेष्ठ, अधिवक्ता डा. शान्ती राई, मञ्जिल युकेका संस्थापक प्रेम गुरुङ, सिओओ मनोज गुरुङ लगायतले मन्तव्य व्यक्त राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here