प्रकाश सपुतमाथि रोमानियामा भएको आक्रमण प्रति राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको भत्र्सना

0
168

जेठ १२/
गायक प्रकाश सपुत माथि रोमानियामा कार्यक्रम भैरहँदा भएको बोत्तल प्रहारको घटनाको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालले भत्र्सना गरेको छ । प्रतिष्ठानका सचिव समेत रहेका गायक सपुत माथि भएको आक्रमण अत्यन्तै निन्दनिय, अमानविय र अराजकताको पराकाष्टा भएको प्रतिष्ठानले ठहर गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष रिता थापा मगर र कार्यबाहक महासचिव शिरीष देवकोटाले एक बिज्ञप्ति जारी गर्दै यस्तो घटनाले कलाकारको मनोलब गिर्नुका साथै नेपाली दाजुभाई बाटै यस्ता अबान्छित क्रियाकलाप हुँदा सम्पुणर् नेपाली कलाकारको मन दुखेको जनाउनु भएको छ । बिज्ञप्तिमा रोमानियास्थित कुटनितिक नियोगको ध्यानाकर्षण गराउँदै आगामी दिनमा यस्ता घटना दोहोरीन नदिन सबै पक्ष सजग बन्नु पर्ने जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here