नक्कली भुटानि शरणार्थी काण्डमा संलग्न सबैलाई कारबाहिको माग गर्दै पथरीशनिश्चरे का भुटानी शरणार्थीहरु सडकमा

0
197

जेठ ९/
नक्कली भुटानि शरणार्थी काण्डमा संलग्न सबैलाई कारबाहिको माग गर्दै पथरीशनिश्चरे का भुटानी शरणार्थीहरु सडकमा निस्किएका छन् । वाई एफ सी पथरीशनिश्चरे क्याम्पको आयोजनामा दोशीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण र्याली निकालिएको हो ।
शरणार्थीले ‘नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न सबै अपराधीलाई कारबारी गर’ भन्दै शान्तिपूर्ण विरोध ¥यालीको आयोजना गरेका थिए । शान्तिपूर्ण र्यालीमा भूटानी नेती मुर्दाबाद, भुटानी शर्णाथीलाइ न्याय देउ, नक्कली भुटानी शरणाथी काण्डामा संलग्न सबै अपराधीलाइ कारबाही गर बन्दै शिबिर परिक्रमा गरेको वाई एफ सीले जानकारी दिएको छ ।
र्यालीले शिविर क्याम्प परिक्रमा गरी शिविर डाँडामा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सामाजिक अभियन्ताहरु प्रदिप कुमार राई, राम बानिया र शान्ति पाख्रिनले सम्वोधन गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै राम बानियांले सम्लंग्न सबैलाई कार्बाहीको माग राख्दै शिबिरभित्र पनि छानबिन गरि भ्रष्टचारीलाइ सरकारले कडा कार्बाही गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here