दमकको बेल्डाँगी शरणार्थि शिबिरमा पुस्तकालय स्थापना

0
499

जेठ ७/
दमकको वेलडाँगीमा रहेको भुटानी शरणार्थि शिबिरमा पुस्तकालय उद्घाटन गरिएको छ । शिबिरमा हिँजो मे २० तारिखका दिन साहित्यसाधक, कलाकार, शिक्षक र सामाजिक अगुवाहरुको उपस्थितिमा पुस्ताकालको उद्घाटन गरिएको हो ।
मोरङको पथरीमा रहेको शरणार्थी शिविरका सचिव चम्पासिंह राईको प्रमुख आतिथ्यतामा औपचारीक कार्यक्रम गरी पुस्तकालयको उद्घाटन गरिएको हो । पछिल्लो समय अध्ययन गर्ने क्रम घटिरहेका बेला पुस्तकालय स्थापनाले मानिशलाई पठन संस्कृतिको बिकाशमा अघि बढाउने भन्दै प्रमुख अतिथि राईले शरणार्थिहरुको शिकाईलाई पुस्तकालयले सहयोग गर्ने बताउनु भयो ।
द लिटेरेरी सोसाइटी अफ भूटानको आयोजनामा भएको कार्याक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य सुमित्रा वाङदेल चेली, वेलडाँगी शरणार्थी शिविरका सहसचिव टेकबहादुर राई, पूर्व शिविर सचीव सन्चहाङ सुब्बा, डीबी सुब्बा, राजमान गुरुङ्ग, राजनैतिक अगुवा रिन्जिन दोर्जी लगायतको उपस्थिति रहेको थियो ।
सोसाइटीका अध्यक्ष तिलक राईको सभापतित्वमा भएको कार्याक्रममा रिफुजी आइडलका कलाकार तथा साहित्यकारहरुले सृजना समेत प्रस्तुत गरेका थिए ।
तेस्रो देश पुनस्र्थापना पछि बाँकी रहेको शरणार्थीलाई दातृ निकायले गर्ने सहयोग बन्द गरेपछि शरणार्थिको दैनिक जिवन देखि शिक्षामा समेत समस्या हुँदै आएको छ । यस्तो अवस्थामा पुस्तकालय स्थापना गर्न सहयोग गर्ने सवै धन्यवादको पात्र भएको सोसाइटीका सदस्य साहित्यकार दिल भूटानीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here