सन्दीप युएई जान नपाउने, सर्वोच्चले दिएन आदेश

0
389

काठमाडौं। नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने युएई भ्रमणमा सहभागी हुन नपाउने भएका छन् । सर्वोच्च अदालतले सन्दीपलाई युएई भ्रमणको अनुमति नदिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले दायर गरेको अपीलमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सन्दीपलाई युएई भ्रमणको अनुमति नदिएको हो ।  

नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले विदेश भ्रमणमा रोक लगाउनेगरी धरौटीमा रिहा गरेको थियो ।

क्यानले सन्दीप टिमको महत्पूणर् खेलाडी रहेको र विदेश लैजाने र ल्याउने जिम्मा आफूहरूले लिने भन्दै सर्वोच्च अदालतसमक्ष अपील गरेका थिए ।  

महान्यायाधिवक्ता कार्यालय र बलात्कार अभियुक्त सन्दीप लामिछानेको निवेदन एकैसाथ राखेर १४ गते आइतबार पेशी तोक्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here