स्पट फिक्सिङ मुद्दाका तीनै जनालाई धरौटीमा छाड्न आदेश

0
195

काठमाडौं। स्पट फिक्सिङको आरोपमा पक्राउ परेका तिनै जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ ।

बुधबार भएको थुनछेक बहसपछि महबुब आलम, मोहम्मद आदिल अन्सारी र नितेश गुप्तालाई न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको एकल इजलासले जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेपाउनेले जानकारी दिए।

५ जनालाई प्रतिवादी बनाइए पनि २ जना फरार रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ७ विदेशी र ५ नेपालीलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न राय दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here