फ्रिकी मुलुक मालीमा बिस्फोट हुँदा तीन शान्ति सैनिकको मृत्यु

0
164

अफ्रिकी मुलुक मालीमा बिस्फोट हुँदा संयुक्त राष्ट्र संघको शान्ति सैनिक मिसनमा कार्यरत सेनेगलका तीन सैनिकको मृत्यु भएको छ ।

मालीमा मंगलबार भएको विस्फोटनमा परी अन्य पाँचजना सैनिक गम्भीर घाइते भएका छन् । मिसनमा कार्यरत सबै नेपाली शान्ति सैनिक भने सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

नेपाली सैनिक रहेको क्षेत्रको अवस्था सामान्य रहेको उनको भनाइ छ । मालीको शान्ति मिसनमा नेपालका ‘स्टाफ’, ‘अब्जर्भर’ ‘कन्टिजेन्ट’समेत गरी एक सय ८१ सकल दर्जा कार्यरत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here