भारतको सर्वोच्च अदालतले सिक्किमका नेपालीभाषीलाई प्रवासी भनेको शब्द सच्याउने

0
193

काठमाडौ। भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई ‘विदेशी मूलका मानिसहरू’ भनेर लेखिएको फैसला सच्याउने भएको छ । आयकर समबन्धि विवादमा भारतको सर्वोच्च अदालतले करिब एक महिना अघि सिक्किमका नेपाली भाषीलाई विदेशी मूलका नागरिक भनेपछि सो फैसलाविरूद्ध सिक्किममा आन्दोलन चर्किएको थियो ।

सिक्किम राज्य सरकारले नेपाली भाषीलाई आप्रवासी भनिएको फैसला सच्याउन माग गर्दै रिट दायर गरेको थियो । रिटमाथि न्यायाधीश एमआर शाह र बीभी नागरथनाको इजलासले सिक्किमका नेपाली भाषीलाई आप्रवासी भनिएको फैसला सच्याउने भएको छ ।

फैसललामा लेखिएको ‘विदेशी मूलका आप्रवासी नागरिक’ शब्द हटाउने आदेश सर्वोच्चले दिएको भारतीय सञ्चारमाध्यले उल्लेख गरेका छन् । पाँच दशकअघिसम्म छुट्टै देशका रुपमा रहेको सिक्किम सन् १९७१ मा भारतमा विलय भएको थियो । अझै पनि त्यहाँका बासिन्दालाई हेर्ने दिल्ली संस्थापनको नजरियामा भने फेरबदल आइनसकेको गुनासो हुने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here