१ महिनामै ढल्यो सुदूरपश्चिम सरकार, मुख्यमन्त्री रावल पदमुक्त

0
198

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल १ महिनामै पदमुक्त भएका छन्। बिहीबार बसको प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव नै अस्वीकृत भएपछि प्रदेश सरकार १ महिनामै ढलेको हो ।

सरकारलाई बहुमतका लागि २७ मत आवश्यक पर्ने भएपनि विश्वासको मतको लागि निणर्ायक नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद अनुपस्थित रहे । उनीहले पार्टीका संरक्षक रेशम चौधरी सहित टिकापुर घटनाका वन्दीहरुलाई रिहा गरेमात्रै सरकारलाई सर्मथन गर्ने अडान लिएका थिए ।

विश्वासको मत माग्ने प्रस्ताव नै अस्वीकृत भएको कारण प्रदेश सरकार ढलेको यो पहिलो घटना हो । मुख्यमन्त्री रावलले प्रदेश सभामा सम्बोधन गर्दै विश्वासको मतका लागि प्रस्ताव गरेका थिए। । तर, प्रस्ताव सुरुमै ध्वनी मतबाट अस्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे।

गत पुष २७ मा नागरिक उन्मुक्तिकै सर्मथनमा रावल मुख्यमन्त्री बन्नुभयो भने पार्टीले सभामुख र उप-सभामुख निर्वाचनमा समेत अहिलेकै गठबन्धनलाई सर्मथन गरेको थियो । तर मुख्यमन्त्रीले विश्वासको मत दिने समयमा भने सांसदहरु नै उपस्थित नभएका हुन् ।

योसंगै अब संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बन्नेछन्। उनले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here