नेपाली केटी एपः डाउनलोड लर्दा लाखौं रुपैयाँ गायब, ८ जना पक्राउ

0
233

काठमाडौं। ‘नेपाली केटी’ भन्ने एप्लिकेसन डाउनलोड गर्दा बैंक खाताबाट लाखौँ रुपैयाँ गायब भएको छ । ठगि गिरोहले ‘नेपाली केटी’ भन्ने एप्लिकेसन बनाएर वाट्सअपमा लिंक पठाउने र डाउनलोड गर्न लोभ्याउने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको हो । ललितपुर प्रहरी परिसरले सफ्टवेयरसहित ८ जनालाई पक्राउ गरेको छ ।

यसअघि साइबर ब्यूरोमा ८ जना र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा १२ जनाले उजुरी गरेपनि गिरोह पक्राउ पर्न सकेको थिएन । ब्यूरोमा २६ लाख रुपैयाँ र काठमाडौं अपराध अनुसन्धान कार्यालयमा २० लाख रुपैयाँ ठगी भएको भन्दै उजुरी परेको थियो । एसईई पनि उत्तिणर् नभएका दुई युवाले बनाएको ‘नेपाली केटी’नामक एप्लिकेसनबाट गिरोहले विभिन्न व्यक्तिको बैंक खाताबाट पैसा झिकेको फेला परेको हो ।

काठमाडौंको बानेश्वरमा डेरा लिएर बस्ने पर्साका २० वर्षीय साहिल परबेज र १९ वर्षीय शिवशंकर राउतले उक्त एप्लिकेसन बनाएको प्रहरीको प्रारम्भिक निष्र्कष छ । यी दुईले आईटी हेर्ने र उनीहरुसँगै कोठामा बस्ने पर्साकै २८ वर्षीय राजु पटेलले अन्य व्यवस्थापन हेर्ने गरेको प्रहरीको भनाई छ ।

प्रहरीले उनीहरुलाई पक्राउ समेत गरेको छ । प्रहरीले यी तीनजना बस्दै आएको कोठाबाट सफ्टवेर रहेको कम्प्युटर पनि बरामद गरेको छ । ‘आईटी हेर्ने दुवै व्यक्ति एसएलसी पनि पास नभएका व्यक्ति हुन्। युट्युब हेरेर एप्लिकेसन बनाउन सिकेको उनीहरुको भनाइ छ ।

प्रहरीले शंका लागेर राउत र परबेजलाई पक्राउ पछि कुनै एक एप्लिकेसन बनाउन पनि लगाइएको थियो । उनीहरुले एप्लिेकेश बनाउँदा प्रहरी समेत छक्क परेको थियो । स्रोतका अनुसार यो गिरोहका मुख्य व्यक्ति पटेल, परबेज र राउत हुन् । पक्राउ परेका अन्य ५ जनाले विभिन्न व्यक्तिको नाममा खाता खोल्ने र त्यसमा पठाएको पैसा निकाल्ने काम गरेका थिए ।

पक्राउ परेका नगेन्द्र शाह कानु र रविना चौधरी श्रीमान-श्रीमती रहेको बताइएको छ । ललितपुर प्रहरी परिसर, साइबर ब्युरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा हालसम्म २० जनाले नेपाली केटीले ठगेको भन्दै उजुरी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here