साढे २४ अर्ब बचत गर्ने अर्थ मन्त्रालयको योजना

0
136

काठमाडौं। अर्थमन्त्रालयले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारको आन्तरिक खर्च कटौती गर्न १४ बुँदे निर्देशिका जारी गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती गर्ने निणर्य भएको जनाएको छ ।

यो निणर्यले यस आर्थिक वर्षमा २४ अर्ब ५० करोड रुपैया बचत हुने अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव यमराज पाण्डेले जानकारी दिए।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयको कार्यभार सम्हालेसँगै चालु आर्थिक वर्षको खर्चमा मितव्ययिता अपनाउन आवश्यक निणर्य लिइने बताएका थिए।

अर्थ मन्त्रालयले यस वर्ष नयाँ सवारी साधन नकिन्ने, सरकारको स्रोतबाट सबै प्रकारका गोष्ठी, सेमिनार र कार्यशाला हाललाई स्थगित गर्नेलगायतका विषय समेटिएको छ ।

खर्च कटौतीको निणर्य कार्यान्वयन गर्दा १० अर्ब ५० करोड रुपैयाँ बचत हुने र खर्च रोक्का राख्दा करिब १४ अर्ब रुपैयाँ बराबरका कार्यक्रमहरु स्थगन हुने अर्थ मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here