पाकिस्तानको मस्जिद विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १ सय पुग्यो

0
117

काठमाडौं। पाकिस्तानको पेशावर सहरको पुलिस लाइन मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या एक सय पुगेको छ । बीबीसी उर्दू रिपोर्टका अनुसार अस्पतालमा ल्याइएका सबैको पहिचानको काम सकिएको छ ।

हाल पेशावरको लेडी रिडिङ अस्पतालमा ५७ घाइतेको उपचार भइरहेको छ । १ सय ५७ घाइतेलाई अस्पताल ल्याइएको थियो, जसमध्ये अधिकांशलाई उपचारपछि घर पठाइएको छ ।

मस्जिद भवनको भग्नावशेषमा कोही पनि फसेका छैनन् । विस्फोटपछि सुरु भएको अभियानमा भग्नावशेषबाट २४ जनाको शव निकालिएको र नौ जनाको जीवितै उद्धार गरिएको उद्धार संस्थाका अधिकारीहरूले बताएका छन् ।

अहिले भग्नावशेष हटाउने काम अन्तिम चरणमा पुगेको अधिकारीहरूले बताएका छन् । मस्जिदमा करिब ५०० बढीले प्रार्थना गरिरहेका बेला अज्ञात व्यक्तिले आफैंलाई विस्फोट गराएका थिए र विस्फोटको अन्तर्राष्ट्रिय समुदायबाट निन्दा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here